स्थापना दिवसका अवसरमा दीप प्रज्वलन
हेमराज शर्मा
दाङ, ३० बैशाख । नेपाल शिक्षक संघको ३६ औं स्थापना दिवसका अवसरमा घोराहीसहित दश वटै पालिकामा दीप प्रज्वलन गरेको छ । संघको स्थापना दिवसका अवसरमा जिल्ला संघको आयोजनामा घोराहीको बिपि चोकमा मंगलवार बेलुकी दिप प्रज्वलन कार्यक्रम गरेको हो ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको सभापतित्व एव नेपाली काग्रेस दाङका सचिव अर्जुनकुमार योगिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस जिल्ला सचिव योगीले देशका हरेक परिवर्तन र समाजलाई अग्रणी दिशामा लैजान नेपाल शिक्षक संघको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व बरिस्ठ उपाध्यक्ष गोबिन्दप्रसाद न्यौपाने, संघका लुम्बिनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाल शिक्षक महासघ दाङका अध्यक्ष युवराज बस्नेतलगायतका बक्ताहरुले शिक्षक संघको स्थापनायता गरेका कार्यको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ दाङका सचिव अर्थ निशान्त आचार्यले गरेका थिए ।
यसैबिच स्थापना दिवसका अवसर दश वटै पालिकाका स्थानीय संघको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक संघ दाङका सदस्य बालचन्द्र शर्माले जानकारी दिएका छन् । नेपाल शिक्षक सघ गढवाका अध्यक्ष ताराप्रसाद ढुँगानाको अध्यता एवं नेपाली कांग्रेस गढवा गाउँपालिकाका सभापति किरणकुमार पौडेलको प्रमुख आतिथ्यतामा गढवामा दिप प्रज्ववलन गरिएको शिक्षक संघ दाङका उपाध्यक्ष दामबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
नेपाल शिशक संघ दाङ र घोराही स्थानीय संघको सम्युक्त आयोजनामा घोराहीको विपि चोकमा, तुल्सीपुरको आयोजनामा तुल्सीपुरको कांग्रेस क्षेत्रीय पार्टी कार्यालयमा, बंगलाचुलीको कमिरेचौरको शहिद चोकमा, लमहीको लमही बजारमा, राप्तीको श्रीनाराण चोकमा, गढवाको गढवा बजारमा, बबईको हापुरेमा, शान्तिनगरको बिपी मावि बयालेमा, दंगीशरणको हेकुलीमा र नेपाल शिक्षक संघ राजपुरको आयोजनामा देउखुरीको बेला चोकमा दिप प्रज्वलन गरिएको थियो । स्थापना दिवसका अवसरमा भएको दीप प्रज्वलन कार्यक्रममा संघमा आवद्ध शिक्षक तथा पूर्व शिक्षकको सहभागीता रहेको थियो । यसैबीच जेठ ३ गते शनिवार आफ्नो ३६ औं स्थापना दिवस मनाउन थालेको छ ।