लमही , २१ बैशाख । लमही नगरका ९० अति विपन्न घर परिवारलाई समाजसेवी सोनाली पुनमगरले खाद्यान्न सहयोग गरेकी छिन । लमही नगरपालिका–४ शान्तिनगर निवासी उनले व्यक्तिगत सहयोगमा लमही–४ का ४० घर परिवारलाई खाद्यान्नका रुपमा चामल, दाल र तेल उपलव्ध गराएकी हुन ।
पहिलो चरणमा वडा कार्यालयसंगको समन्वयमा लकडाउनका क्रममा दैनिक छाक टार्न समस्या परेका विपन्न घर परिवारलाई प्रतिघर परिवार एक बोरा चामल, दुई किलो दाल र एक लिटर तेल सहयोग गरेको उनले जानकारी गराएकी छिन । वडा नं. ४ मा ४० घर परिवारका लागि करिव ५३ हजार बराबर मुल्यको ४० बोरा चामल, ४० किलो दाल र २० लिटर तेल राहत स्वरुप वितरण गरेको उनले जानकारी दिएकी छिन ।
त्यस्तै गरी दोश्रो चरण अन्तर्गत लमहीको वडा नं. ३ मा ५० घर परिवारलाई ७५ हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको उनले जानकारी दिएकी छिन । कोनेक्शन मिडिया मिनिष्ट्री र युएसएमा बस्दै आएका जोय चर्चका नाथेनल मगरको सहयोगमा चामल, दाल र तेललगायतको खाद्यान्न सहयोग गरेको उनले बताइन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको समयमा काम गर्न नपाएर दैनिक जीवनयापन गर्न समस्या परेका विभिन्न घर परिवार खाद्यान्न उपलव्ध गराउदै आएकी छिन । उनले आगामी दिनमा समेत सहयोगको कामलाई निरन्तरता दिने बताएकी छिन ।