युवराज शर्मा
नेपालको जनताद्धात निर्वाचित पहिलो प्रधानमन्त्री नेपाली कांग्रेसका शिर्ष नेता विश्वेश्वरप्रसाद कोइराला थिए । त्यस समयमा जु दलको बहुमत हुन्छ, तयही दलको शीर्ष नेतालाई प्रधानमन्त्री बनाउथे । यो पद्धति गणतन्त्रमा पनि छ तर त्यस समयमा राजालाई सपथ खान्थे । जहिले गणतन्त्रमा राष्ट्रपतिलाई सपथ खान्छन् ।
२००७ सालमा प्रजतन्त्र भित्रियो । २००८ सालमा मोहन शमशेर राणाको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो । २००९ सालपछि प्रधानमन्त्री पदमा मातृकाप्रसाद कोइरला भए तर विश्वेश्वर कोइरालालाई मृहमन्त्री बनाएका थिए । जब २०१५ सालमा आम निर्वाचनको घोषणा भयो । २०१६ सालको आम निर्वाचनबाट नेपाली कांग्रेस पार्टी दुई तिहाई बहुमतमा आयो, तबमात्र प्रधानमन्त्री पदमा विश्वेश्वरप्रसाद कोइरालालाई नियुक्ति गरियो । नेपालको राजनीति सुस्त गतिमा चल्छ भन्ने उदाहरण नेपालमा प्रजातन्त्रको उदय देखिनु भित्रिएको गति र मति थियो ।
जन लहरले नेपालमा संघीय लोतान्त्रिक गणतन्त्र आयो तर संविधान बनाउन संविधान सभाको निर्वाचन पनि दुई पटक गुर्नपरेको थियो । नेपालमा जति पटक राजा सत्तामा राजनीतिक परिवर्तन भए पनि संविधान संशोधन नगरेर नयाँ संविधान बनाउने चलन छ । नेपालको संविधान २०७२ पनि धेरै माधापिच्छे गरेर राष्ट्रपतिले २०७२ आश्विन ३ गते घोषणा गरेका थिए । उक्त संविधान जारी नगर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दु्रत यय– शिवशंकरलाई पडाइ संविधानको घोषणा रोक्न नेका थिए तर तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले मानेन् । राष्ट्रपति रामवरण यादवबाट घोषणा भयो । भारतको मात्र नेपालमा हिन्दु राजा स्थापना र धर्म निरपेक्षताको खारेजी थियो । नेपालीहरु साहसी र कर्मठ भएको उदाहरण दिएका थिए ।
नेपालमा संविधान घोषणाको विरोध मधेशवादी दलहरुले गरे । जनता भड्काए । संविधानलाई जलाए । उनीहरुमा प्रजातान्त्रिक वातावरण भएन । गणतन्त्रमा पनि राम्रो वातावरण मधेशमा बन्न सकेको छैन । राजनीतिक दलहरु फुट्ने र जुट्नेमा रमाएका छन् तर जनतामा विण र उत्पीडन बढ्दो मात्रामा छ । त्यहाँका जनता अहिले पनि ठुलाठालुको हर र क्रसमा छन् । उनीहरु शान्ति कायम हुने पर्खाइमा छन् ।
नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएपछि राजा महेन्द्र शाहले उनलाई सोधे– प्रधानमन्त्री जी । तपाईको काठमाडौँमा घर छैन । त्यसैले एउटा घर बनाउनोस् । टंकप्रसाद जिहरुले त घर बनाइसके । राजा महेन्द्र शाहको भनाई बुझ्न उनलाई गाह्रो भएन । सत्तामा बस्नु काठमाडौमा घर बनाउनु नै रहेछ । देश र जनताको लागि हुँदो रहनेछ । नेपालमा प्रजातन्त्र ल्याइयो, त्यो पनि राजा कै लागि भयो भनेका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले एकदिन राष्ट्रिय योजना आयोगको मिटिङमा माग बिदा भनेका थिए– तपाईहरु भित्तामा राजाको तस्विरसँग नेपालको एउटा गरिब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस्, त्यसको अनुहार हेरेर योजना बनाउनोस् ।
त्यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ? उनका यस्ता भनाईले संघीय लोकतन्त्रात्मक गणतन्त्रमा आइपुग्दा पनि गाउँले किसानहरुले पनि रासायनिक मल, उन्नत बिउ विजन, किटनाशक ओखती र प्राविधिक ज्ञान पाउन सकेका छैनन् । वर्तमान समयका नेताहरुको उद्देश्य सत्तामा पुग्ने काठमाडौँमा घर बनाउँदैन, जनतालाई झुठो भाषण सुनाउने र झुठा आश्वासन दिने गर्छन् भन्ने भनाई सुनाउँछन् गाउँले गरिब किसानहरु ।
नेपालमा राष्ट्रिय योजना आयोगले गरिब गाउँलेको झुपडी हेरेर योजन बनाएको इतिहास छैन । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि पाइन्न । नेपालका धेरै कम्युनिष्ट पार्टीहरुले गरिबको वकालत गर्छन् । भन्छन्– गाँस, बास र कपासको नारा लगाउँछन् । वास्तवमा गाँसका लागि कृषि व्यवसाय हो तर कृषिमा कुनै योजना छैन । बासका लागि झुपडी नभएका व्यक्ति कति संख्यामा छन् । त्यसको रेकर्ड तीनै तहका सरकारसँग छैन । फुसको छाना भएका परिवारको घर संख्या कति छ ? कतिले छाना पाए त्यसको रेकर्ड पनि अद्यावधि छैन ।
भोको पेट, भर्ने, नांगो शरीर ढाक्ने टाउको लुकाउने घर पनि छैन । यस्तो जीवनलाई सुधार्ने काम सरकारको हो तर आफैलाई नसुधार्ने प्रवृत्ति नेताहरुमा बढ्दो कार्यशैली पाइन्छ तर वर्तमान समयमा नेताहरुका गगनमुखी घरहरु काठमाडौँ र सहरी क्षेत्रमा उभाउने काम मात्र भइरहेको छ । गरिब गाउँले किसानको आँसु बगिरहेको छ । हुनेखानेहरुले गाउँ छोडेर सहर बजार पसे । युवायुवतीले पढाइ छोडेर रोजगारीका लागि विदेशिएका छन् । गाउँमा बस्नेहरु बुढापाका मात्र छन् ।
मलामी जाने र किरिया पुत्रको अभाव छ । सहर बजारका बासिन्दाहरुले गाउँलेप्रति घृणा गर्छन् । उनीहरुले आफूलाई भाग्यमानी ठान्छन् । सम्पन्नताको खोक्रो शरीर देखाउँछन् । गाउँले आफ्ना नाता कुटुम्बहरुलाई पछौटे ठान्छन् । आफू पनि गाउँमा हुर्केको खेतबारीको आवाज खाएको र छाडापाखामा गाई भैँसीहरु चराएको बिर्सेका हुन्छन् । गाउँमा गएका बखत मकैको बोट हेर्दै आमासँग सोधछन्– यो कुन विरुवाको रुख हो । आमा भन्छिन्– हिजोका दिनमा मकैको आठो र रोटी खाएको बिर्सिए छस् । अहिले सहरबजार बसेर आयात भएको चामलको भात खाएर अन्धो भएछस् । आमाका कुरा उसका लागि रामवाण भएको थाहा भएन ।
नेपालको भौगोलिक अवस्था हेर्दा उर्वर जमिन, कर्मठ र मेहनती गरिब गाउँले किसान छन् । उनीहरु गाउँमा बस्छन् । खेतीपाती र पशुपालन गर्छन् । उनीहरुका लागि राष्ट्रिय योजना आयोगमा योजनाहरु बन्दैनन् । कृषि व्यवसायमा दिन बिताउनेहरुका लागि सिँचाइका कुला पक्कि बनाउने, पोखरी तलाउ, बाध पक्की, नहर जस्ता योजना बनाउनुपर्छ । तीनै तहका सरकारले खेतीपातीमा ध्यान नपु¥याएको अवस्था छ । यसको परीणाम आयातित खाद्यमा जनता निर्भर छन् ।
उर्वर भएका नेपाली जमिनहरु बाँझै छन् । खेतीपातीलाई आकर्षणको कार्यशैली योजना आयोगले बनाउन सकेको छैन । यसको वास्तविक समस्या राजनीतिक सत्ताधरी वर्गमा निहित भयो । उनीहरुले राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता भौगोलिक अखण्डतालाई ख्याल गर्नुपर्छ । कृषि व्यवसायको विकास नगरेसम्म राष्ट्र उठ्न सक्दैन । यसमा योजना आयोगको ध्यान पुग्नुपर्छ । नेताहरु क्रियाशील र लगनशील बन्नुपर्छ ।