दाङ,२७ चैत । नयाँ वर्ष २०८२ का अवसरमा घोराहीमा पौवा स्वाद उत्सव हुने भएको छ। होटल पौवाले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोराहीमा रहेको होटल पौवाले पौवा स्वाद उत्सव गर्न थालेको हो ।
देशभरका सबै शाखामा जस्तै घोराहीमा पनि यही चैत २५ गतेदेखि २९ गतेसम्म स्वाद उत्सव सञ्चालन हुने भएको छ । स्थानीय पाहुनाहरूलाई निस्शुल्क रुपमा स्वस्थकर र परम्परागत स्वादका परिकार चखाउने व्यवस्था मिलाइएको छ। स्वाद उत्सवमा मौलिक नेपाली परिकारमार्फत स्वाद, संस्कृति र आतिथ्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिएको केडी शर्माले जानकारी दिएका छन।
त्यसैगरी पौवाका सिओओ कृष्ण गौतमका अनुसार, देशभरबाट २ लाखभन्दा बढी पाहुनाहरूलाई प्रत्यक्ष निमन्त्रणा दिइएको छ। उनले स्वाद–उत्सव सेफहरूबीचको स्वस्थ प्रतिस्पर्धा समेत भएको बताए, जसले उनीहरूको सीप र अनुभवमा निखारता ल्याउने अपेक्षा गरिएको छ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले पौवाले नेपाली आतिथ्य सत्कार, नेपाली स्वाद र संस्कृतिको प्रवर्द्धन गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए। हाल लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र मधेश प्रदेशमा समेत पौवाका शाखाहरू संचालनमा छन्। पाल्पाको झिँगामारा र सिन्धुलीमा नयाँ शाखा तथा रिसोर्ट निर्माणको तयारी भैरहेको छ।
अध्यक्ष भण्डारी भन्छन्, “हामीले हरेक शाखामा नेपाली रैथाने स्वाद, संस्कृति र संस्कारलाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय स्तरको सेवा दिँदै आएका छौं। दाङमा हुने स्वाद(उत्सव पनि त्यसैको महत्वपूर्ण कडी हो।”