लक्ष्मण बस्नेत
दाङ,२५ चैत । दाङको बेल्झुन्ीडमा प्रथम उपमेयर कप आमन्त्रित महिला फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा स्कुल स्पोट्र्स फुटबल एकेडेमी (एसएसएफए) तुलसीपुरको सहकार्यमा सोमवारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले गरेकी हुन ।
प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर चौधरिले जिल्लामा महिला फुटबलका गतिबिधीलाई थप चलाएमान बनाउदै अन्य जिल्लासंगको आपसी खेल सम्बन्धलाई फराकिलो बनाउन नगरले आमन्त्रित फुटबलको आयोजना गरेको बताएकी थिइन । जिल्लामा महिला फुटबलको बिकास र बिस्तारसंगै प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले संचालित प्रतियोगिताको उद्घाटन खेलमा दाङले बिजयी सुरुवात गरेको छ । छिमेकी जिल्ला बाँकेको महिला टिमलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै दाङले बिजयी सुरुवात गरेको हो ।
खेलको पहिलो हाफको सुरुवाती २ आँै मिनेटमा ममता मगरले पहिलो गोले गर्दै टिमलाई १–० को अग्रता दिलाईन । त्यस्तै उनले पहिलो हाफ्मा थप २ गोल गर्दा दिपा पुन र बिनिता खड्काले थप १÷१ गोल गरेका थिए । पहिलो हाफ्मा ५–० को अग्रता कायम राखेको दाङका तर्फबाट खेलको दोस्रो हाफ्मा ममता मगरले थप १ गोल गर्दै टिमलाई ६–० को जित दिलाउन सफल भइन । प्रतियोगिता अन्तरगत मंगलबार बर्दिया र कपिलबस्तु जिल्ला भिड्नेछन् ।
खेल दिउँसो साढे दुई बजेबाट सुरु हुने प्रतियोगिताका संयोजक जितु डाँगीले जानकारी दिएका छन् । तीन दिनसम्म संचालन हुने प्रतियोगिताको बिजेता,उपबिजेता टिमले क्रमशः नगद ५५ र ३५ हजार,कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ बेष्ट प्लेयर, बेष्ट मिड फिल्डर,बेष्ट डिफेन्स, हाई स्कोरर, बेष्ट किप्पर र बेष्ट कोचलाई जनही नगद दुई हजार पाँच सय र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा दाङ, बाँके, बर्दिया, कपिलबस्तु र रुपन्देही जिल्लाका महिला फुटबल टिमको सहभागिता रहेको छ । यसैबिच सोही अवसरमा प्रतियोगितालाई थप रोचक बनाउन तुलसीपुर उपमहानगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारीबिच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम १–० गोलले बिजयी भएको थियो । स्कुल स्पोट्र्स एकेडेमीका अध्यक्ष सुधिर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोह राष्ट्रिय, अन्ताराष्ट्रिय खेलाडी,खेलप्रेमी,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,स्थानीय जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, पत्रकारलगाएतको उपस्थिती रहेको थियो । एकेडेमीका सदस्य सन्दिप गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मदन मुस्कानले गरेका थिए ।