श्रमिकबाट मिस्त्री बनेका महिला

पार्वती बस्नेत

दाङ, ७ चैत । कुनै समय घर निर्माणमा मिस्त्रीका रुपमा काम गर्ने गढवा गाउँपालिका वडा नं ४ चैनपुर निवासी सरीता चौधरी अहिले मिस्त्री बनेकी छिन । लामो समय लेवरका रुपमा काम गरेरकी ३५ बर्षीय सरिताले घर निर्माण सम्वन्धी एक महिने तालिम लिएपछि मिस्त्री बनेकी हुन ।

श्रमिकबाट मिस्त्री बनेकी सरिताले पछिल्लो समय घर बनाउने काममा व्यस्त हुने गरेकी छिन । निर्माणको कामसँगै उनले काममा खटिने लेवरहरुलाई घरको छेउकुनो मिलाउन, सिमेन्टमा बालुवाको मात्रा मिलाउनसँगै लेबरहरुलाई काम सिकाउने गर्दै आएकी छिन् । लेवरबाट श्रमिक बन्दा खुसी लागेको भन्दै सरिता भन्छिन,‘हिजो लेवरका रुपमा काम गर्दा बढी दुःख हुने गरेको थियो ।

आज लेवरबाट मिस्त्रीका रुपमा काम गर्दा काममा सहजता भएको छ तर घरको भित्ता बिर्गिन्छ कि भन्ने डर लाग्छ तर अहिलेसम्म निर्माण गरेका घर बिर्गिएका छैनन् ?’ काममा खटिदा आफ्नो सिपवृद्धिसँगै आफु जस्तै महिलाको सिपवृद्धिमा ध्यान दिने गरेको बताउँछिन ।

सानैदेखि काममा मेहनत गर्ने सरिता मिहेनती र लगनशील छिन् । उनले पहिले घरको काम सकेर दैनिक तीनदेखि चार सय रुपैयाँमा कमाउने गरेपनि अहिले बढी हुने गरेको बताउँछिन् । सरिताको परिवारमा एक छोरा, एक छोरी, सासु–ससुरा र श्रीमान् छन् । श्रीमान् रुकुममा नेपाल प्रहरीमा कार्यरत छन् । घरमा सरिताले बृद्ध सासु–ससुराको हेरचाहसँगै भैंसी तथा बाख्रा पालन गर्दै आएकी छिन । भैसीको दुध तथा बाख्रा पालनबाट आउने पैसाले घरपरिवार चलाउन सजिलो भएको उनी बताउँछिन ।

सरिताले ग्रामीण महिला उत्थान केन्द्र र निवाससंगको साझेदारीमा संञ्चालित महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण परियोजनाअन्तर्गत एक महिने घर निर्माण सम्वन्धी तालिम लिएपछि सिप विकासमा सहयोग मिलेको बताउँछिन । गाउँलेहरूले उनको सीप र मिहेनतलाई सम्मान गर्न थालेका छन् । यही तालिमबाट अर्की प्रशिक्षार्थी रामपती चौधरी पनि महिला मिस्त्री बन्न सफल भएकी छिन्।

घरलगायतका विकास निर्माणका क्षेत्रमा लेवरी काम गर्दै आएकी रामपति पछिल्लो समय मिस्त्रीका रुपमा काम गर्न थालेको बताउँछिन् । घर निर्माणका क्षेत्रमा मिस्त्रीका रुपमा काम गर्दा इटा, बालुवा, मसलालगायतका सामग्री बनाउनेदेखि मिस्त्रीलाई पु¥याउने गरेकी रामपतिले अहिले निर्माणका क्षेत्रमा

सस्थाले परियोजनामार्फत गढवा र राजपुर गाउँपालिकाका विभिन्न वडाहरुमा गरिब, बिपन्न, एकल तथा १६ वर्ष मुनिका बालबालिकाहरुलाई सुरक्षित बसोबासका लागि आवास निर्माण गर्दै आएको छ । समावेशी डिजाइनर तथा बिल्डर मनकामना डेभलपमेन्ट एण्ड सोलुसनबाट आयोजना गरिएको एक महिने भुकम्प प्रतिरोधात्मक तालिम पाएकी थिइन । आठ कक्षासम्म पढेकी सरिताले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छिन्। तालिमले सरिताको आत्मविश्वास बढाएको छ ।

राजपुर र गढवामा गरी २० जना युवाहरुलाई यो प्रशिक्षण दिइएको थियो। यस्ता तालिमले युवाहरुलाई आत्मनिर्भर बनाउन र विदेश पलायन हुनबाट रोक्न मद्दत गर्दछ, जसले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दछ।