तुलसीपुर, ४ चैत । सुनिलस्मृति गाउँपालिका –४ सुलिचौर रोल्पाबाट आँखाको शल्यक्रिया सेवा सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित सुलिचौर आँखा उपचार केन्द्रलाई सर्जिकल आँखा केन्द्रको रुपमा विकास गरि शल्यक्रिया सेवा सुरु गरिएकोहो ।
सोमवार निःशुल्क शल्यक्रिया शिविर आयोजना गरि एक कार्यक्रमको विच सुलिचौरमा सर्जिकल आँखा केन्द्रको उद्घाटन गरिएको छ । सर्जिकल आँखा केन्द्रको उद्घाटन सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीले गरेका हुन् । प्रा डा प्रदीप बस्तोलाको अध्यक्षता गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष मिना थापाको विशिष्ट आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले रोल्पाको सुलिचौरमा सर्जिकल आँखा केन्द्रको सुभारम्भ संगै अव सुलिचौरमानै आँखाको शल्यक्रिया सेवा जनातले पाउने भन्दै बर्षोको आफुहरुको सपना पुरा भएको बताए । उनले आँखाका अन्य सेवाहरु आँखा उपचार केन्द्रले यस अघिनै दिने गरेपनि अव सर्जिकल सेन्टरबाट मासिक रुपमा शल्यक्रिया सेवा दिने भएपछि यहाँका जनताहरु शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यता अत्य भएको बताए ।
‘यस अघि आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीहरु अन्य जिल्ला जानुपर्ने वाध्यता थियो अव यहि शल्यक्रिया हुने छ यसमा हामी सवै खुसी छौं –बुढाथोकीले भने ।’ उनले सुलिचौर सर्जिकल आँखा केन्द्रको विकासका लागि पालिकाको तर्फबाट हुन सक्ने सवै सहयोग आफुहरु बाट हुने प्रतिवद्धता समेत व्यक्तगरे । त्यस्तै गाउँपालिका उपाध्यक्ष थापाले सुलिचौरमा दैनिक आँखा उपचार सेवाका साथै मासिक शल्यक्रिया समेत हुने भएपछि जनताले अव घर दैलोमै शल्यक्रिया सेवा पाउएकोमा खुसी व्यक्तगरिन ।
उनले आँखा जस्तो संवेदनशिल अंगको उपचार सेवामा वृद्धि हुनु सवैका लागि खुसीको कुरा भएको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नगेन्द्र प्रसाद रिजाल, वडा नं। ६ का अध्यक्ष लोकेन्द्रबहादुर थापालगायतले सेवा विस्तार संगै जनतालाई उपचारमा सहजता भएको बताए ।
सर्जिकल आँखा केन्द्रको उद्घाटन कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा। सम्शेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले पु¥याएको सेवा दृष्टि विहिन्तको अवस्था र भावि योजनाहरुको बारेमा जानकारी गराएका थिए । प्रमुख प्रशासक डा। थापाले रोल्पाको सुलिचौरमा यस अघिपनि विभिन्न निकायहरुको सहयोग बाट निःशुल्क शल्यक्रिया शिविर हुने गरेको भन्दै अव मासिक रुपमा सर्जिकल आँखा केन्द्रबाट शल्यक्रिया हुने बताए ।
उनले हाल ३÷३ महिनामा सःशुल्क शल्यक्रिया सेवा सुचारु हुने बताए । ‘हामीहरुले यस अघिपनि विभिन्न समयमा शिविरहरु आयोजना गर्ने गरेका थियौ अव ३÷३ महिनामा सर्जिकल आँखा केन्द्रबाट शल्यक्रिया सेवा सुरु गरेका छौ –डा। थापाले भने । उनले आवश्यकता अनुसार सेवालाई विस्तार गर्ने समेत बताए ।
‘ दैनिक सम्पूर्ण आँखा उपचार तथा परामर्श सेवा पहिले देखिनै थियो अव थप कानको सेवापनि हामीहरुले विस्तार गर्ने र मासिक शल्यक्रिया सःशुल्क गर्ने गरि यस आँखा उपचार केन्द्रलाई सर्जिकल आँखा केन्द्र बनाएका छौ – डा थापाले भने ।’ उनले यसको विकास र विस्तारका लागि गाउँपालिका, वडा र सवैको साथ सहयोग आवश्यक रहेको समेत बताए । ‘हामीहरुले तिनवटा आँखा अस्पताल र विभिन्न स्थानमा आँखा उपचार केन्द्र सञ्चालन गरि सेवामुखि भएर दृष्टिविहिन्ता न्यूनिकरण गर्ने अभियानमा छौ सोहि अन्तर्गत सुलिचौरमा पनि सर्जिकल आँखा केन्द्रको रुपमा उपचार केन्द्रलाई विकास गरेका हौ – डा थापाले भने ।
सर्जिकल आँखा केन्द्र उद्घाटन कार्यक्रमको सहजिकरण लमही आँखा अस्पतालका प्रशासकिय सहायक टेकबहादुर चौधरीले गरेका थिए । रोल्पाको सुलिचौर सर्जिकल आँखा केन्द्रको उद्घाटन संगै एनएवीपी नर्वेको आर्थिक सहयोगमा दुई दिने निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको छ ।