दाङ,४ चैत । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेपश्चात नेपाल विद्यार्थी संघ दाङका अन्य क्याम्पसहरुमा हुने निर्वाचन केन्द्रीत भएको छ ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल स्ववियु निर्वाचनमा आफ्नो जीत प्रस्तुत गर्न देउखुरी केन्द्रीत भएका छन् भने केन्द्रीय सदस्य निरज गिरी तुलसीपुर केन्द्रीत भएका छन् । नेविसंघले देउखुरी लमहीस्थित देउखुरी बहुमुखी क्याम्पस र लालमटियास्थित ऐरावती क्याम्पस तथा तुलसीपुरस्थीत राप्ती बबइ क्याम्पसमा आफ्नो नेतृत्व स्थापित गर्न जोडबल गरिरहेको छ ।
स्ववियु निर्वाचन केन्द्रीत मिशनमा खटिएका जिल्ला अध्यक्ष पोख्रेल र केन्द्रीय सदस्य गिरीले नेविसंघको पक्षमा विद्यार्थीको राम्रो जनमत तयार भएको दाबी गरेका छन् । उनीहरुले अहिलेको माहोलले नेविसंघलाई जीत उन्मुख गरिदिएको दाबी समेत गरेका छन् ।
‘नेविसंघकातर्फबाट अधिकारीक उम्मेदवारका रुपमा निर्वाचनमा होमिनु भएका सबै विद्यार्थी साथीहरु सम्बन्धीत क्याम्पसहरुमा लोकप्रिय हुनुहुन्छ’,जिल्ला अध्यक्ष पोख्रेल भन्छन्,‘उहाँहरुले क्याम्पसहरुमा गरेको मेहनत, तथा उहाँहरुको लोकप्रियताले उहाँहरुलाई जीत उन्मुख बनाएको अवस्था छ ।’
तुलसीपुर स्थित राप्ती बबइ क्याम्पसमा प्रमोद भण्डारीको नेतृत्वमा नेविसंघले स्ववियुका उम्मेदवार खडा गरेको छ । नेविसंघका भण्डारीलाई संगठनको आधिकारिक उम्मेदवार तय गरेको नेविसंघले भण्डारी नेतृत्वको प्यानलको जीतका लागि जोडबल गरिरहेको छ । ‘नेविसंघको आधिकारीक उम्मेदवार जुझारु युवा प्रमोद भण्डारी हुनुहुन्छ’, उक्त क्याम्पसमा खटिएका नेविसंघका केन्द्रीय सदस्य गिरीले भने,‘नेविसंघका सम्पूर्ण साथीहरु भण्डारी नेतृत्वको प्यानलको पक्षमा माहोल सिर्जनागर्न खटिइरहनु भएको छ ।’
भण्डारी यसअघिको स्ववियु निर्वाचनका लागि पनि नेविसंघको उम्मेदवार चयन भएका थिए । तर यो क्यामपसमा अघिल्लो पटक निर्वाचन हुन सकेको थिएन । नेविसंघको त्यो बेलाको माहोलले उनको जीतलाई सुनिश्चि गरिसकेको दाबी त्यो बेला नेविसंघले गरेको थियो । अघिल्लो पटक स्ववियु सभापति बन्ने रेसमा सहभागी हुन नपाएका भण्डारी यो पटक भने स्ववियु नेतृत्व गरेर राजनीतिक कदमलाई अगाडी बढाउने मिशनमा छन् ।
लामो समय देखि नेविसंघको कार्यकर्ताका रुपमा रहेर विद्यार्थी आन्दोलन तथा नेपाली कांग्रेसले थालेका आन्दोलनमा उनि सहभागी हुँदै आएका थिए । राप्ती बबइ क्याम्पसमा नेविसंघ इकाई उपाध्यक्ष समेत रहेर काम गरिसकेका भण्डारी संगठनमा आफूले गरेको लगानी र मेहनतको मूल्यांकन गर्दै संगठनले आफूलाई स्ववियु सभापतिका रुपमा अघि सारेको बताउँछन् ।
‘मेरो संगठनले संगठन प्रतिको मेरो लगानी, मेहनतलाई मूल्यांकन गर्दै मलाई स्ववियु सभापतिको उम्मेदवारका रुपमा अघि सारेको छ’, भण्डारी भन्छन्,‘संगठनकै यहि बल, विद्यार्थी साथीहरुको प्रेमले नै मलाई स्ववियु सभापतिको आसनमा पुर्याउने छ भन्नेमा म पूर्ण बिश्वस्त छु ।’ सल्यानबाट तुलसीपुरमा झरेका भण्डारी नेविसंघका एक जुझारु नेता हुन् ।
मिलनसार तथा विद्यार्थीहरुको हकहित प्रति सधै प्रतिवद्ध उनि विद्यार्थीका माझ लोकप्रिय मानिन्छन् । उनको यहि लोकप्रियतालाई नै नेविसंघको जीतको बलियो अस्त्र मानेको छ । यो क्याम्पसमा नेविसंघ सहित अन्य बाम विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् । यसैगरि देउखुरी लमही स्थित देउखुरी बहुमुखी क्याम्पसमा नेविसंघले सक्षम युवा राजन भूषाललाई स्ववियु सभापतिको उम्मेदवार चयन गरेको छ ।
क्याम्पसका शैक्षिक सवालमा अग्रमोर्चामा खटिँदै आएका भुषाल क्याम्पसमा लोकप्रिय मान्छिन् । यसैगरि ऐरावती आदर्श बहुमुखी क्याम्पसमा प्रकाश पुनको नेतृत्वमा नेविसंघ स्ववियु निर्वाचनमा होमिएको छ । सभापति पदका उम्म्ेदवार पुन नेतृत्वको यो समूह पनि क्याम्पसमा लोकप्रिय रहेको दाबी नेविसंघको छ ।