दाङ, ४ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुनः यमकान्त भण्डारी निर्वाचित भएका छन् । सोमबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका भण्डारीले २ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका सिताराम शर्माले २ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । भण्डारी र शर्माबिचको मतान्तर ५८८ रहेको छ । यस्तै अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका मनोज लामिछानेले १ हजार २१३ मत मात्र प्राप्त गरेका छन् ।
खानेपानीको उपाध्यक्षमा नेपाली कांग्रेसकै नारायणप्रसाद शर्मा २ हजार ७ सय ६ मतका साथ निर्वाचित भए । उनले निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पाटीका लक्ष्मण केसीलाई ८ सय ३ मतले पछि पारेर निर्वाचित भए । राप्रपाका केसीले १ हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्ष पदका उमेदवार राष्ट्रिय जनमोर्चाका दुर्गाप्रसाद भण्डारीले १ हजार ४२० मत प्राप्त गरे । खानेपानीको सचिवमा भने नेकपा एमालेका भुवन भुषाल निर्वाचि भए । उनले कांग्रेसका उम्मेवार रञ्जनकुमार गौतमलाई पराजित गर्दै निर्वाचनजिते । निर्वाचित भुषालले २ हजार ४५१ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गौतमले २ हजार ४१३ मत प्राप्त गरेका छन ।
सचिवका पदका अर्का उमेदवार नेकपा विप्लवका रुद्रबहादुर वलीले १ हजार ९७ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा नेपाली कांग्रेसका भोलाप्रसाद थापा लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । उनले ३ हजार २६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका सुशीला न्यौपानेले १ हजार ४२३ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदका उमेदवार नेकपा माओवादी केन्द्रका कर्णबहादुर वलीले १ हजार २०६ मत प्राप्त गरेका छन् । निर्वाचनमा सचिवबाहेक सबै पद नेपाली कांग्रेसको पोल्टामा परेको छ । खुला सदस्य पदमा नेपाली कांग्रेसका प्रमोदकुमार योगी (शरद)ले २ हजार ५०७ मत, बुद्धिराम चौधरीले २ हजार १२० मत, महिला सदस्यमा लुमा बुढामगर २ हजार ३ सय ८५ मत, शुष्मा अधिकारी २ हजार ४५९ मत र शारदा सार्की २ हजार १४८ मत प्राप्त गर्दै महिला सदस्यमा निर्वाचित भएका छन् ।
गत शुक्रबार भएको निर्वाचनमा १० हजार ९१९ मतदातामध्ये ७ हजार १९८ मत खसेको थियो । निर्वाचनमा नेपाली कांग्रेस एक्लै, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तरुपमा प्रतिष्पर्धामा थिए भने नेकपा माओवादी केन्द्र राष्ट्रिय जनमोर्चासहित सातदलको संयुक्त प्यानल प्रतिष्पर्धामा रहेको थियो ।