Goraksha

National Daily

लुम्बिनी प्रदेश लिग : न्यु स्टार दाङको पहिलो खेल बराबरी

दाङ, ३ चैत । दोस्रो लुम्बिनी प्रदेश लिग फुटवल प्रतियोगिता-२०८१ को पहिलो खेलमा दाङको न्यु स्टार फुटबल एकेडेमी नारायणपुर गोलरहित बराबरीमा खेलेको छ ।

पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-१६ स्थित सुर्यनगर रंगशालामा आइतबार बर्दिया जिल्लाको जनजागृति युवा क्लवसंग भएको पहिलो खेल गोलरहित बराबरीमा रोकिएको हो । कडा प्रतिस्पर्धात्मक खेलमा गोलका लागि दुवै टिमबाट अवसर सिर्जना गरेपनि गोल नहुँदा दुवै टिमले समान अंक बाँड्न पुगेका छन्।
अब न्यु स्टार फुटबल एकेडेमी चैतको ५ गते गोल्डेन स्टार युवा क्लव कपिलवस्तुसंग खेल्ने छ ।

न्यु स्टार फुटबल एकेडेमीको टिममा खेलाडीहरू आदित्य केसी, भिमसेन थापा, सुदीप केसी, सुजन बिक, सागर मगर, समर्पण थापा, नवीन बुढा, देबिट चौधरी, किरन योगी, निसान डाँगी, सन्तोष बिक, प्रमोद बुढा, कमल डाँगी, हिमाल नेपाली, केसमान घर्ती, विकास राई, श्रृजन श्रेष्ठ, इश्वर विक र बिकेश चौधरी रहेका छन्। अफिसियल टिममा खुमबहादुर ओली, खुमबहादुर पुन र विनोद बिक रहेका छन्।

लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, पाल्पा, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका जिल्ला एन्फा लिग च्याम्पियन बनेका सात टिमको प्रतियोगितामा सहभागिता रहेको छ । चैत ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगर दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ र द्वितीय हुने टिमले नगर एक लाख एघर हजार एक सय ११ रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ्न ।