Goraksha

National Daily

न्यु स्टार फुटबल एकेडेमी लुम्बिनी प्रदेश लिग खेल्न बर्दाघाटमा, पहिलो खेल आज

दाङ, ३ चैत । दाङको न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ।

लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा लिग च्याम्पियन बनेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले प्रदेशस्तरीय प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै खेल्न थालेको हो।

शनिबार बर्दाघाट पुगेको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। प्रशिक्षक तथा अफिसियल टिमका सदस्यहरूले टिम राम्रो तयारीका साथ मैदानमा उत्रने बताएका छन्।

लुम्बिनी प्रदेश लिगअन्तर्गत न्यु स्टार फुटबल एकेडेमीले आज आइतवार दिउँसो ४ बजे बर्दिया जिल्लाको च्याम्पियन टिमसँग आफ्नो पहिलो खेल खेल्नेछ।

टिममा खेलाडीहरू आदित्य केसी, भिमसेन थापा, सुदीप केसी, सुजन बिक, सागर मगर, समर्पण थापा, नवीन बुढा, देबिट चौधरी, किरन योगी, निसान डाँगी, सन्तोष बिक, प्रमोद बुढा, कमल डाँगी, हिमाल नेपाली, केसमान घर्ती, विकास राई, श्रृजन श्रेष्ठ, इश्वर विक र बिकेश चौधरी रहेका छन्।

त्यसैगरी अफिसियल टिममा खुमबहादुर ओली, खुमबहादुर पुन र विनोद बिक रहेका छन्।