Goraksha

National Daily

नेपाली काङ्ग्रेस प्रदेश २ (१) को तेस्रो सम्मेलन, सहमहामन्त्री आङ्देम्बेले सम्बोधन गर्ने

दाङ, २३ फागुन । नेपाली काङ्ग्रेस दाङ प्रदेश २ (१)  को तेस्रो प्रदेश सम्मेलनको तयारी पूरा भएको छ । भोलि शनिबार हुने प्रदेश सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको हो ।

तेस्रो प्रदेश सम्मेलनलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् । सम्मेलनका प्रमुख अतिथिसमेत रहेको आङ्देम्बेले समारोहलाई सम्बोधन गर्ने प्रदेश (१)  का सचिव शिशिर अधिकारीले जानकारी दिएका छन् ।

सम्मेलनको पूर्व सन्ध्यामा सभापति प्रकाश श्रेष्ठ र सचिव शिशिर अधिकारीले एक विज्ञप्ति जारी गर्दै सम्मेलनमा पार्टीका विभिन्न तह र तप्कामा रहेको व्यक्तित्व तथा कार्यकर्ता, सञ्चारकर्मी एवम् शुभचिन्तकहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । ‘नेपाली काङ्ग्रेस दाङ २ (१) को तेस्रो सम्मेलन यही मिति २०८१ साल फागुन २४ गते दाङको घोराहीस्थित होटल पौवामा हुने सम्पूर्णमा जानकारी गराइन्छ ।

सम्मेलनलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउनका लागि नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता, पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका नेतृत्वगण, सञ्चारकर्मी, शुभेच्छुक संघसंस्थाका पदाधिकारी तथा सदस्य, भ्रातृ संघसंस्थाका पदाधिकारी तथा सदस्य, शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।’ जारी विजज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनमा साङ्गठनिक प्रतिवेदन तथा आर्थिक प्रतिविेदन प्रस्तुत गरिनुका सार्थ सम्मेलन पुस्तिका सावैजनिक गरिने सचिव माया पोख्रेलले जानकारी दिएकी छिन् ।