‎१३ बर्षीय किशोरी आदिती बनिन् गाउँपालिका अध्यक्ष

‎बर्दिया, २२ फागुन । बर्दिया जिल्लाको ‎गेरुवा गाउँपालिका वडा नं. ५ निवासी १३ बर्षीय किशोरी आदिती थारु १ घण्टाका लागि गाउँपालिका अध्यक्ष बनेकी छन् ।

‎गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिह केसीले आफ्नो पदभार आदितीलाई हस्तान्तरण गरेसंगै उनी गाउँपालिकाको अध्यक्ष बनेकी हुन । ुकिशोरी क्लबमा सहभागी किशोरीहरुको प्रतिनिधिपात्रको रुपमा गेरुवा गाउँपालिका वडा नं ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अदितीलाइ गाउँपालिकाका अध्यक्ष जमानसिह केसीले विहिवार एक घन्टाका लागि पदभार हस्तान्तरण गरेका हुन् ।

‎गेरुवा गाउँपालिकाकोे समन्वय तथा सहकार्य एवम प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारूको साझदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तरगत विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुको सहभागितामा समुदायमा किशोरी क्लवहरु सञ्चालनमा छन् ।

‎एक घन्टा अध्यक्ष वनेकी आदितीलाई किशोरी क्लवका किशोरीहरुले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै ध्यानाकषर्ण पत्रमा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाईन । कर्मचारीहरुलाई समेत निर्देशन दिदै थारुले पालिकाको तर्फबाट बालिका प्रोत्साहनका कार्यक्रम ल्याउने बताइन्। उनले सबै प्रकारका हिंसा अन्त्य गर्न जुट्नुपर्नेमा जोड दिइन् ।

‎पदिय अनुभूति दिलाउँदै जिम्मेवारी तथा दाईत्ववोध गराउन एवम किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यका साथ ‘किशोरी क्लवका’ का किशोरी हरुको प्रतिनिधिपात्रको रुपमा आदितीलाई १ घन्टाका लागि भएपनि गाउँपालिकाको अध्यक्षको पद हस्तान्तरण गरिएको सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत सिमा ओलीले बताईन ।

‎पदभार हस्तान्तरण कार्यक्रमले किशोर किशारीहरुलाई थप जिम्मेवार बनाउदै समाज प्रतिको आफ्नो दाइत्ववोध गर्न र नेतृत्ब गर्ने क्षमतामा निखारता ल्याउदै किशोरीहरुको पहुँच राजनीतिसम्म पुग्ने विश्वास आफुले गरेको गाउँपालिका अध्यक्ष जमान सिंह केसीले बताए ।



‎कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत नरबहादुर चन्द, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख, र गेरुवा गाउँपालिका अन्तरगत समुदायमा रहेका किशोरी क्लवमा सहभागी किशोरीहरुको सहभागिता थियो ।

पद हस्तान्तरण कार्यक्रमको सहजीकरण परियोजना संयोजक मनोज पौडेलले गरेका थिए। ‎नेतृत्वमा युवा महिलाको सहभागिता र नेतृत्व क्षमताको विकास गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा युवा महिलाहरूलाई सामाजिक रूपान्तरणको बाहकको रूपमा अगाडि बढाउन पद हस्तान्तरण कार्यक्रमले सघाउ पुर्याउने विश्वास लिईएको छ ।