लमही,१२ फागुन । लमही बचत तथा ऋण सहकारी सस्थाको आयोजनमा सहकारीका शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा सम्बन्धि सचेतनामुलक तालिम भएको छ ।
सहकारी सस्थाका अध्यक्ष ऋषि यादवको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष लीला शाहले तालिमको उद्देश्यबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सत्यपाल यादवले प्रशिक्षण दिएका थिए ।
तालिममा सहकारी भनेको केहो ?, सहकारीको काम कर्तव्य र अधिकार, सहकारीले साना उद्यमीलाई पुग्ने फाइदालगायतका बारेमा जानकारी गराइएको थियो ।
सहकारी सस्थाका सल्लाहकार पुनिराम चौधरी, व्यवस्थापक अर्पणा शाह,लगायतले बोलेका थिए । सल्लाहकार केपी घिमिरेले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण दिपा खत्रीले गरेकी थिइन ।