कविता: समयको पुकार

श्रीराम दहित
एक्कासौं शताब्दीको वसन्त मनमा उत्साह जाग्दैछ ।
साधना गर्नेलाई स्वागत छ सधैं पुकार यहीँआउँदैछ ।।

शताब्दीले रचनात्मक सिर्जनात्मक विश्व बन्नेछ ।
साधनाले नेपाल आमा अब दुर्व्यसन मुक्त हुँनेछ ।।

प्रकृति पर्यावरण संग सबैको प्रेम सद्भाव बढ्नेछ ।
धर्तीको संरक्षणमा अब साधक अगाडि बढ्नेछ ।।

स्वस्थ नेपाल हुनेछ हाम्रो जल जीवनले हरियाली ।
संस्कारित स्वच्छ समृद्ध जागरण आउँदै खुसियाली ।।

संस्कार सोह्रै व्यावहारिक बनाउन लाग्दै युवा पिढी ।
शताब्दी अब चढ्दैछ सत्य युगको प्रगतिशील सिढी ।।

नारीको गरिमा बढ्नेछ पवित्र गंगा स्वच्छता हुनेछ ।
धर्ती हुनेछन् हरियाली जननीको सदिच्छा पुर्ण हुनेछ।।

राष्ट्रभक जिम्मेवार नागरिक वीर विश्वमा कहलिनेछ ।
साधना लाई स्वागत गर्दै चारैतिर शंखनाद हुनेछ ।।

छड्म भेषी भ्रष्ट आतंककारी सबैको अन्त्य हुनेछ ।
गुमेको वैभव सम्पत्ति दुरदर्शिताले पुनः फर्किनेछ ।।

स्वर्गद्वारी बगारबाबा लुम्बिनी पशुपति सगरमाथा ।
साधनाले मात्र उजागर हुनेछन् स्वर्गसरी बिरगाथा ।