तुलसीपुरमा प्रजातन्त्र दिवसको अवसरमा आज ‘वाकाथन’ कार्यक्रम

तुलसीपुर,७ फागुन । दाङको तुलसीपुरमा प्रजातन्त्र दिवसको अवसर पारेर ‘वाकाथन’ कार्यक्रम हुने भएको छ । बाल रोग विशेषज्ञ तथा ‘वाकाथन’ अभियानका अभियानकर्ता डा।किशोर खत्रीले उक्त कार्यक्रम सञ्चालन गर्न लागेका हुन ।

मंगलबार रिपोर्ट क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने मुल नाराका साथ ‘वाकाथन’ कार्यक्रमक हुने भएको हो ।

उक्त अभियानका अभियानकर्ता तथा बाल रोग विशेषज्ञ डा। किशोर खत्रीले कार्यक्रमको बारेमा जानकारी गराउदै मानिस सबैभन्दा स्वस्थ हुने भनेको बिहानको हिडाइ भएको बताए । मानिसलाई लाग्ने हरेक प्रकारका रोगहरु जुन शरिरलाई नचाहिने वा मानव शरिरलाई नकारात्मक असर पार्ने सबै किटानुहरुलाई बिहानीको हिँडाईबाट नियन्त्रनमा लिन सकिने उनको भनाई छ ।

वामाथन कार्यक्रममा महानायक राजेश हमाल र हरी रोकायको पनि गरिमामय उपस्थित रहेको उनले बताएका हुन । नेपालमा नै पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्ना लागेको उनको भनाई छ । बुधवार बिहान तुलसीपुरको अरुनीको मैदानमा सुन्तला खाने कार्यक्रम छ उक्त कार्यक्रम प्रश्चात बिहानीको हिँडाई सुरु हुने डा। किशोरले जानकारी दिए ।

मानिसले बिहानीको स्वस्थ मौसममा करिब ४५ मिनेट हिडियो भन्ने मानसमा संक्रमण हुने रोगको संख्या घटेने उहाँको भनाई रहेको छ । डा खत्रीका अनुसार ७ गते, बिहानको ७ बजे र ७ किलोमिटर बिहानीको हिडाई रहेको भन्दै ३ वटा सात लक्की रहेको पनि उनले जानकारी दिए ।

बिहानीको समयलाई सदुपयोग गर्दै आम नागरिकहरुलाई बिहानको समयमा हिडाउन बानी बसाली स्वस्थ नागरिक बनायने मुख्य उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, रिपोर्टस कल्ब दाङका अध्यक्ष सरद रेग्मी र तुलसीपुरनगर जेसिजका अध्यक्ष सन्दिप भुसालले सबै नागरिमहरु यो कार्यमा आबद्ध हुन आग्रह गरे । साथसाथै यूता खालका अभियानहरुमा आफनो संस्थाबाट सहयोग गर्ने प्रतिबद्धता राखेका थिए । रिपोर्टस क्लब दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण रिपोर्टस क्लब दाङका महासचिव बिमल गौतमले गरेका थिए ।