महोत्सवमा प्रकाश दुतराजको सांगीतिक प्रस्तुति, झुमे दर्शक
दाङ, ४ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखी घोराहीमा सुरू भएको ‘छैठौ कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८१’ मा तेस्रो दिन चर्चीत गायक प्रकाश दुतराजसँगै दर्शकहरू झुमेका छन् । महोत्सवमा आईतवार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति राखेका थिए ।
ुउद्योग, व्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्चरमुखी अर्थतन्त्रको निकासु भन्ने मूल नाराकासाथ आयोजना गरिएको महोत्सवमा गायक दुतराजले आफ्ना चर्चीत गीतहरू प्रस्तुत गरेका थिए । उनले ुकुन फुलराई दिउ शिरमै रानी, लाहुर जाने रेलैमाजाउ भो साईली सरर, घर कता हो बैनीको लौ न साह्रै मन पर्यो, बैनी झयालैमा, मैले निमीलाई नभन्या मात्रै हो मन पर्या पहिलै हो, जुनमाया बोलको गीतहरू प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघको टीम, राजनितिक दलका नेताहरू लगायत अतिथिहरू छमछमी नाचेका थिए ।
आईतवार कलाकारहरू रीता थापा, चन्द्र शर्मा, अस्मीता पुरी, घनश्याम केसी, अपेक्षा गिरी, सन्दीप सेञ्चुरी, रचना चौधरी, उमा खनाल लगायतको सांगितिक प्रस्तुति राख्नुभएको थियो । महोत्सवमा प्रदेशस्तरिय लोकदोहोरी गश्रत प्रतियोगिता सुरू भएको छ । महोत्सवमा तेस्रो दिन आईतवारदेखी लोकदोहोरी गीत प्रतियोगिता सुरू भएको हो । आईतवार भएको प्रतियोगितामा दाङ बी टीम बिजयी भएको छ । प्यूठान र दाङ बी बीचको प्रतिस्पर्धामा दाङ बी बिजयी भएको छ ।
सोमवार खुमन अधिकारी र भुमीका गिरीको प्रस्तुति
महोत्सवमा सोमवार राष्ट्रीय चर्चीत कलाकारहरू प्रस्तुति रहने छ । जसमा खुमन अधिकारी, भूमिका गिरी, सिर्जना खत्री हाउडेमायाु, यागेश्वर बस्नेत, लेखिना राई, लक्ष्मीमान चौधरी, उमादेवी खनाल लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो । साथै उहाँले महोत्सव अवलोकनकालागी सम्पूर्ण जिल्लाबासीहरूमा अनुरोध गर्नुभएको छ ।