calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

तुलसीपुर महोत्सवमा आज आस्था, कृष्ण र भुमिका आउने

दाङ,३ फागुन । दङ्को तुल्सीपुरमा फागुन १ गतेदेखि संचालन भइरहेको तुल्सीपुर महोत्सवमा आज शनिबार पनि चर्चित कलाकारहरुले प्रस्तुतीकरण दिने भएका छन ।

आज शनिबार महोत्सवमा चर्चित गायिका आस्था रावत आउन लागेको ससकृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिएका छन् । उनको चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…बोलको गीतबाट चौतर्फी चर्चामा पुगेकी रावतले शनिबार तुलसीपुरमा सञ्चालन भएको दोस्रो कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा आफ्नो प्रस्तुति राख्ने महोत्सव मूल आयोजक समिति अन्तर्गतको सास्कृतिक समिति संयोजक खडकाले बताए ।

त्यस्तै चर्चित गायक कृष्ण रेउले, भुमिका गिरीको पनि धमकेदर प्रस्तुति रहेने आयोजकको भनाइ छ । फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ। महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, परम्परागत परिकार, तथा पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएकाको मुल आयोजक समिति संयोजक तथा तुलसीपुर चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले बताएका छन् ।

जसमा सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ ।