calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

१ सय १३ फरार प्रतिवादी पक्राउ

घोराही, २ फागुन ।
दाङमा प्रहरीले एक महिनाको अवधिमा सय बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय १३ जना प्रतिवादीलाई माघ महिनामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा अदालतबाट फैसला भएको दश बर्षपछि एक जना र बाँकी पाँच बर्षभन्दा कम समयका एक सय १२ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

फरार प्रतिवादीलाई १३ बर्ष ६ महिना पाँच दिन कैद र ११ लाख ५१ हजार ६ सय २९ रुपियाँ जरिवाना असुलउपर गर्नुपर्ने अदालतले फैसल्ला अनुसार प्रहरीले पक्राउ गरेर बुझाएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् ।