Goraksha

National Daily

नेपाल थारु संघको वडा अधिवेशन, सभापतिमा किरिमलाल चयन

श्रीराम दहित
अमिलिया,२८ माघ । नेपाल थारु संघ लमही नगरपालिका–९ को प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ संगठनको रूपमा नेपाल थारु संघ २०७९ मा स्थापना भएको थियो ।अधिवेशनले तदर्थ कार्यसमितिका वडा सभापति किरिमलाल चौधरीको सभापतित्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपसभापति पुर्णबहादुर चौधरी,सचिवमा पर्शुनारायण चौधरी दहित, कोषाध्यक्ष पदमा संगिता पोख्रेल चौधरी रहेकी छिन ।

सदस्यहरु मध्यबाट संगिता चौधरी (शिवशक्ती), हिरामोती चौधरी दहित (गायत्री), छविलाल चौधरी (शिवशक्ती), बुद्धिराम चौधरी (लौरी रिहार) ,खिमलाल चौधरी (शिवशक्ती) र शोभाराम चौधरी (गायत्री टोल)०क्षेत्रीय प्रतिनिधि सर्बसम्मत चयन गरिएको छ।अधिवेशनका प्रमुख पाहुना नेपाली काँग्रेस केन्द्रिय सदस्य थारु विभाग प्रमुख तथा संविधानसभा सदस्य योगेन्द्र चौधरीले अधिवेशन भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस यस्तो पार्टी हो सम्पुर्ण समुदाय,वर्ग,सम्प्रदाय,भूगोलको समृद्धिका लागि पार्टी स्थापना काल देखि निरन्तर लक्षित सिमान्तकृत वर्ग समुदाय हकअधिकार, कर्तव्य र दायित्वबोध गराउन लागि परेको बताए ।

नेपाली काँग्रेसले समावेशी सहअस्थित्वको उदाहरण दिंदै तत्कालीन महामन्त्री स्वर्गीय प्रशुनारायण चौधरी थारू समुदायको उत्थान समृद्धिका लागि उच्च पद प्रदान गरेको बताए । क्षमताका आधारमा तहगत प्रतिनिधि तथा प्रमुखमा समावेशीता लाई व्यावहारिक गर्दै नेपाल थारु संघ गठन गरेको यसै भातृसंगठनको आधारमा रहि राजनैतिक शैक्षिक आर्थिक सामाजिक क्षेत्रमा स्वयंको क्षमता अभिवृद्धि गर्दै थारु हरु ले कर्तव्य दायित्व र अधिकार प्राप्तको अवसरको सदुपयोग गर्न आग्रह गरेका थिए ।कार्यक्रमका विशिष्ट अतिथि नेपाल थारु संघका केन्द्रिय सभापति शिवनारायण महतो गुह्रौ (गैंडा) ले थारू समुदाय तथा सम्पुर्ण समुदाय र देशमा समृद्धि ल्याउन नेपाली काँग्रेसको सिपाहीको रूपमा तहगत योगदान दिएमा मात्र नेपाली काँग्रेसको उद्देश्य र लक्ष्य प्राप्तिमा सहायक हुन सकिने बताए ।

विशिष्ट अतिथि थारु विभागका केन्द्रिय सचिव अधिवक्ता हल्लु प्रसाद चौधरीले समुदाय र राष्ट्र उत्थानमा थारू समुदाय संविधान ऐनकानुन तथा विधि विधान बमोजिम अघि बढ्दै रहेको अवस्थामा नेपाली काँग्रेसको भातृसंगठन नेपाल थारु संघ गठन हुनु राष्ट्र समृद्धिमा टेवा पुर्याउन उदाहरण बनोस् भन्ने शुभकामना मन्तव्य दिए।विशिष्ट अतिथि नेपाल थारू संघ दाङ्गका सभापति शेषदत्त चौधरी दहितले नेपाल थारु संघको स्थापना औचित्य आवस्यकता सान्दर्भिकताको महसुस गर्दै हामी थारु समुदायका अगुवा मटावाँ बरघर तहगत नेतृत्वले सदुपयोग गर्नुपर्ने विचार राख्दै प्रथम ऐतिहासिक अधिवेशन पुर्ण सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल थारु संघ दाङका जिल्ला सदस्य द्वयविक्रम चौधरी, शिवा चौधरी,कार्यबाहक क्षेत्रीय सभापति चन्द्रा चौधरी,सचिव किरण चौधरी,क्षेत्र नं १ प्रदेश (२)का सभापति शिव चौधरी, क्षेत्रीय सदस्य अमिलियाका मटावाँ जंगबहादुर चौधरी,नेपाली काँग्रेस महासमिति सदस्य देविमाया थापा, लमही नगरपालिका ९ का वडा अध्यक्ष नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि भेषबहादुर केसी, लोकतान्त्रिक आदिवासी जनजाति संघ क्षेत्र नं १ का सभापति कृष्णकुमार थापा,वडा सदस्यहरु अमर वली, गणेश कुमाल, नेका क्षेत्रीय प्रतिनिधि तथा वडा सदस्य द्वय पार्वती बिक, ईश्वराकुमारी पछाई, नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि जगदीशप्रसाद सुवेदी, नेपाली काँग्रेस वडा सभापति पार्वती चौधरीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशन खुल्ला सत्रको सहजीकरण नेपाल जडिबुटी उत्पादक संघका केन्द्रिय सदस्य श्रीराम दहितले गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथिलगायतले नेपाली कांग्रेसका स्वर्गीय नेता खुबहादुर खड्काको अमिलियामा रहेको शालिकमा माल्यार्पण गरेका थिए ।