अजय मिश्र
कृष्णनगर,१८ चैत्र । लायन्स क्लवद्वारा मास्क र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरललाई सहयोग गरेको छ । क्लवका अध्यक्ष अंकुश कुमार श्रीवास्तवलाई लायन्स क्लवले हस्तांतरण गरिएको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम मोलेर समाचार संकलनमा रहेका पत्रकारहरुको सहजताको लागि प्रेस कल्ब अफ कृष्णनगर लाई मास्क र सेनिटाइजर सहयोग गरेको हो । लायन्स क्लव अफ सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ताले जानकारी दिएका छन ।
उक्त मास्क र सेनिटाइजर हस्तांन्तरण कार्यक्रममा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार , कल्वका डाइरेक्टर विजय कुमार अग्रहरी, कल्बका कोषाध्यक्ष श्यामकुमार मिश्र, घनश्याम अग्रवाललगायतको उपस्थिती रहेको थियो ।