आध्यात्मिक सशक्तिकरण–स्वर्णीम युगको चावी(Spiritual Empowerment – The Key of Golden Age)

ब्रह्माकुमार माधव तिमिल्सेना

आध्यात्मिकता कुनै धर्म होइन अर्थात् जुन कुनै धर्म मानेर वा त्यसमा लागेर मानिस आध्यात्मिक बन्ने होइन । यसरी त उ कुनै पनि प्रकारको धर्म मान्ने धार्मिक बन्न सक्छ आध्यात्मिक होइन । आध्यात्मिकता त छुट्टै प्राकृतिक नियम हो । यो कुनै रुढीवादी चिन्तन वा धर्म होइन । “म को हु ? मैले के गर्नुपर्छ? “ भन्ने जानकारी प्राप्त गर्नु अर्थात् म आत्मा हुँ । आत्मा न त जन्मिन्छ न त मर्छ ,शरिर परिवर्तनशील र मरणशील छ ।

आत्माले बिभिन्न शरिरहरू परिवर्तन गरिरहन्छ र शरिर नष्ट भएपछि पनि आत्माको अस्तित्व रहिनै रहन्छ । म एक अजर अमर ज्योर्तिविन्दु आत्मा ईश्वर (परमात्मा)को सन्तान हुँ । जीवात्माको शाश्वत स्वरुपको ज्ञान नै आध्यात्मिक ज्ञान हो । Spirituality is not a religion, that is, a person does not become spiritual by following or adhering to any religion. In this way, he can become religious in any kind of religion, not spiritual. Spirituality is a separate natural law. This is not a conservative thought or religion. “Who am I?” What should i do To know that I am the Spirit. The soul is neither born nor dies, the body is changeable and mortal. The soul keeps changing different bodies and the soul continues to exist even after the body is destroyed. I am the child of an eternal immortal Jyotivindu Atma Ishwar (Spirit). Spiritual knowledge is the knowledge of the eternal form of the living soul.

कुनै देश,समुदाय,वर्ग वा जाती बिशेषले मान्ने धर्म भन्दा फरक धार हो आध्यात्मिकता । आत्मानुभूति भए पश्चात मानिस नकारात्मक हुनै सक्दैन । चरित्र स्वत निर्माण हुदै जान्छ । मानिस सुखी आनन्दित हुदै जान्छ । यही आनन्द प्राप्ति गर्नु नै मानव जीवनको उद्देश्य हो । मननशील भएकै कारणले मानिसलाई मानव भनिएको हो । यसबाट यो बिस्वास गर्न सकिन्छ कि बुद्धिलाई पवित्र बनाउने मुख्य साधन मनन हो । जतिजति हामी सत्कर्म र सद्विचारको मनन गर्दछौ उतिउति नै हामीमा मानसिक स्थिरताको साथसाथै सत्कर्म तथा सद्विचारमा अनुराग बढ्दै जान्छ । हामीले धारण गरिरहेको यो शरिर भौतिक हो । यो पञ्च तत्वबाट बनेको छ । यसलाई स्वस्थ तथा तन्दुरुस्त राख्न खाना चाहिन्छ ।

शरिर हामीलाई आफ्नो गन्तव्य सम्म पुर्याउने माध्यम हो ।तसर्थ,यसको उपयुक्त पोषण गर्नको निमित्त सात्विक भोजन आबश्यक हुन्छ । खाना बाँच्नका लागि खानुपर्छ । तर खानको लागि बाँच्नेले जेपनि खान्छन् र त्यस प्रकारका मानिस आफूमा सकारात्मक सोंचको विकास समेत गर्न नसक्ने हुन्छन् । यो दुनियाँका अधिकांस मानिसहरु खान नपाएर भन्दा शरिरलाई चाहिने भन्दा बढी भोजन गरेर अल्पआयु मै मृत्युवरण गर्न पुग्छन् । “हरेक दिन जीवनको अन्तिम दिन हो “ भन्ने ब्रह्मज्ञानलाई हृदयङ्गम गरी हरेक दिन यथासक्य राम्रो काम गर्दै जानु पर्छ । जीवन यात्रामा अघि बढ्ने क्रममा बिभिन्न प्रकारका बिघ्नबाधाहरू हाम्रो अगाडि आईरहेका हुन्छन् । ति सवैबाट पार पाउन नयाँ तरिका अपनाउन जरुरी हुन्छ,त्यो हो आद्यात्मिक मार्ग । सत्य सत्य नै हो भने तथ्य तथ्य नै हो । सत्य सधै सत्य नै रहन्छ । झुटो टिक्दैन,सत्य डग्दैन । असत्य अर्थात् बिभिन्न खाले आलोचना,आक्रमण र अपराध जस्ता झुटोपन तथा गल्तीको परिणाम पतन निम्त्याउँछ अन्ततः बिनाससम्म नै पुर्र्याउँछ ।

सुनौलो युग त्यो समय थियो जब विश्वमा पूर्ण शान्ति र सुखको साम्राज्य थियो । यस सृष्टिलाई फूलहरूको बगैचा भनिन्थ्यो । प्रकृति पनि सतोप्रधान भएकोले त्यहाँ कुनै प्रकारको प्राकृतिक आपतकालहरू थिएनन् । सबै मानिसहरुमा सतोप्रधान तथा ईश्वरीय सद्गुण थिए, आनन्द र खुशीले बाँचेका थिए । त्यसबेला यस संसारलाई स्वर्ग भनिन्थ्यो,जसलाई सत्ययुग पनि भनिन्छ । त्यस संसारमा समृद्धि,खुशी र शान्तिको मुख्य कारण त्यसबेलाका राजाहरू र प्रजाहरू सबै पवित्र र उच्च थिए । त्यस संसारको तुलनामा आजको मानिस विकारी दुखी र अशान्त भएका छन् तसर्थ यो संसार रौरव नरक भएको छ । The Golden Age was a time when the world was full of peace and happiness. This creation was called the Garden of Flowers. Since nature is also Satopradhan, there were no natural disasters. All the people had Satopradhan and divine virtues, lived happily and Joyfully. At that time this world was called heaven or paradise,which is also called Satyayuga. The main reason for prosperity, happiness and peace in that world was that the kings and the people of that time were all holy and high. Compared to that world, today’s people are more depressed and restless. Therefore, this world has become a living hell.

त्यही भएर सबै मानिसहरुले पनि आह्वान गर्दछन् हे प्रभु, हामीलाई दुःख र अशान्तिबाट मुक्त गर्नुहोस् र हामीलाई मुक्तिधाम वा स्वर्गमा लैजानुहोस् । यदि दिमाग र बौद्धिकतालाई ईश्वरीय ज्ञानको आधारमा सही दिशा दिन सकियो,दिव्यीकरण गरियो भने मन बुद्धि शक्तिशाली बन्छ र यसले मानवलाई सुनौलो युगमा लिन सहज हुन्छ । सकारात्मक सोच,राजयोगको नियमित अभ्यासले विकारहरू हटाउन मनोबल दिन्छ । दिव्यगुणले जीवन सिंचित भएमा सूर्यमुखी फूल जस्तै सदा हर्षित रहन सकिन्छ । जीवनमा मानव मूल्यहरुको धारणा (प्रेम,सन्तुष्टि,गम्भीरता, नम्रता,सहिष्णुता, र आदिको धारणा तथा आदरयुक्त व्यवहारले व्यक्तिलाई सवैको प्रिय बनाउँछ । यस प्रकार अन्य माध्यमहरूद्वारा मानिसले आफ्नो आध्यात्मिक सशक्तीकरण गर्न सक्दछ र नयाँ दिव्य युगमा जानको लागि आफ्नो ईश्वरीय जन्म अधिकार प्राप्त गर्न सक्दछ । आज मानवको सम्झनामा केवल व्यक्ति,शरीर,वस्तु वैभव मात्र हुनुको कारण ज्ञानको ज्योतिलाई बिर्सेको छ,त्यसैले अति नै साँघुरो दायरा भित्र व्यवहार गर्दछ । यस दुनियाँमा न त सम्वन्धमा सुमधुरता छ न जीवनमा सुख वा शान्ति नै छ । स्वार्थ, कटुता, शंका, ईष्र्या अहंकार शंशय,आदिको दरारहरु सबैको हृदयमा आउँछन् । सृष्टिलाई सुनौलो युग बनाउने एक मात्र विधि आजको मानव शक्तिलाई सशक्त पार्नु हो । आत्मारुपी ज्ञानरुपी वत्ति तथा योगरुपी घृतले स्मृती प्रकाशमान हुन्छ सो उज्यालो चारैतिर फैलन्छ । संसारको हितको लागि व्यवहार गर्दछ । यस असीम वृत्तिको कारण दृष्टिमा आत्मियता आउँछ र सवैप्रति निस्वार्थ प्रेम वढ्छ । जीवन समग्रमा सुगन्धित फूल जस्तै सुखद हुन्छ । जब संसारमा चारैतिर यस्तो प्रवृत्ति हुन्छ, तब त्यहाँ सत्य मात्र हुन्छ, जसको कारण यसलाई सुनौलो युग भनिन्छ । वर्तमान समयमा, मानवको स्मृतिलाई शुद्ध र शक्तिशाली बनाउँदै आध्यात्मिक सशक्तीकरणको यो महान कार्य सर्वोच्च परमेश्वर भगवान शिव स्वयं प्रजापिता ब्रह्माको माध्यमबाट गराउँदै हुनुहुन्छ ।

स्वर्णिम युगमा प्रवेश गर्न वा यसको ढोका खोल्नको लागि अनुपम कुञ्जी भनेको जीवनमा ईश्वरीय ज्ञान, सहज राजयोग,ईश्वरीय गुणहरूको बोध तथा आध्यात्मिक सेवा अपनाउनु हो । ईश्वरीय ज्ञानका केही मुख्य पक्षहरू छन्– आत्मा, परमात्मा र विश्व सृष्टि चक्रको वास्तविक ज्ञान जुन केवल भगवानले गर्नुहुन्छ। उहाँ आफैले परिचय गराउनुभएको छ कि “मेरो नाम शिव हो,म परमधामको निवासी हुँ, मेरो रूप ज्योतिबिन्दु हो र म शान्ति, प्रेम र आनन्दको सागर हुँ । म जन्म र मरण रहित दिव्दृष्टि विधाता र मुक्ति जीवनमुक्तिदाता हुँ । तिमी आत्माहरूपनि म जस्तैे ज्योतिर्बिन्दु छौ । शान्ति, आनन्द, प्रेम, शुद्धता र ज्ञानस्वरुप छौ । निधारको वीचमा अवस्थित मन,बुद्धि र संस्कार तिमी आत्माहरुको शक्ति हुन । यो मानव सृष्टि चक्र अनन्त खेल हो जुन प्रत्येक पाँच हजार बर्ष पछि हुवहु पुनरावृति भईरहन्छ । यस विश्व चक्रमा चार युगहरू छन् (सतयुग,त्रेता, द्वापुर र कलियुग) प्रत्येकको १२५० वर्ष समयावधी रहेको हुन्छ ।” जसरी अगरवत्तिले चारैतिर वातावरणलाई सुगन्धित र ताजा वनाउँछ त्यसरी नै योगी व्यक्तिको जीवन सँधै अरूको लागि हुन्छ । सद्गुण, दिव्य विचार र दिव्य कर्र्महरूको सुगन्धले अरुलाई आकर्षित गर्छ ।

नम्रता, सन्तुष्टता, हर्षित चेहेरा, गम्भीरता, अन्तरमुखता एवं सहिष्णुताल स्वयंको जीवन र सम्पर्कमा आउनेहरूको जीवनमा साँचो खुशी दिन्छ । मन, वचन र कर्मका साथ अरूको सेवा गर्नेले सुनौलो युगको ढोका खोल्नको लागि भगवानको सच्चा सहयोगी वन्न सक्छ । वर्तमानमा सबै मानव आत्माहरू आफ्ना कमजोर र जटिल विचारहरू र तमोप्रधान बुद्धिका कारण संस्कारको अधीनमा छन्। जसको कारण संसारभरि दुःख,अशान्ति र त्राही त्राही व्याप्त छ । सबै इच्छाहरूको अधीनताका कारण सबैमा असन्तुष्टि छ । त्यसकारण आजको आवश्यकता हो आत्मारुपी राजालाई पुनः शक्तिशाली वनाउने जुन आध्यात्मिक सशक्तिकरणबाट संभव छ जसलाई आन्तरिक सशक्तिकरण पनि भनिन्छ । यदि आत्मा आन्तरिक रूपमा शक्तिशाली छ भने यसको बाह्य रूप अर्थात् उसको शरीरका शारीरिक इन्द्रियहरु पनि आध्यात्मिक रुपमा शक्तिशाली हुन्छन् र आत्मा राजाको आज्ञा अनुसार काम गर्दछन । अर्को शब्दमा भन्ने हो भने आध्यात्मिक सशक्तिकरणको वाह्य रुपको तात्पर्य शरीरका पाँच कर्मेइन्द्रियहरु आँखा (दृश्य), कान (सुन्ने), नाक (गन्ध)), मुख–जिब्रो (स्वाद) र हात (स्पर्श) आत्माको नियन्त्रणमा हिंड्न सकुँन् । यसका लागि मन र बुद्धि सतोप्रधान भई सकारात्मक सोच्नु, छिटो र सटीक निर्णय लिनु तथा संस्कार शुद्ध र कल्याणकारी हुन जरुरी छ । छोटकरीमा, यो भन्न सकिन्छ कि आन्तरिक सशक्तिकरण बाह्य सशक्तिकरणको आधार हो ।

The outward form of spiritual empowerment means that the five senses of the body, eyes (sight), ears (hearing), nose (smell), mouth-tongue (taste) and hands (touch) can walk under the control of the soul. For this, it is necessary for the mind and intellect to be positive, to think positively, to make quick and accurate decisions, and for the culture to be pure and beneficial. In short, it can be said that internal empowerment is the basis of external empowerment.

भनिन्छ कि आज भोलिको एक दर्पण हो । यदि आज हामीले संगम युग (कलियुगको अन्त र सतयुगको शुरुवात) मा आध्यात्मिक तवरले आफूलाई सशक्त बनायौं भने भोलि (सतयुग) हाम्रो लागि स्वतः शुभ हुनेछ । कलियुगको अन्त्यमा अनेक धर्महरू,भाषाहरू,कुलहरू,राज्यहरू, मतमतान्तरहरु भएकोले आज संसारमा थुप्रै प्रकारका द्वन्द्वहरू देख्न सकिन्छ । परिणामतः अनेकौ दुःख तथा परोक्ष अपरोक्ष तवरले युद्धको कारण हुन्छन्। यसको विपरीत सतयुगमा श्रीनारायणको एक छत्र राज्य छ,त्यहाँ एक धर्म,एक भाषा,एक विश्वास छ र सम्पूर्ण विश्वमा सुख,समृद्धि र खुशीका बाँसुरी वज्दछ । यस समय हिन्द,मुस्लिम, सिख, ईसाई,बौद्ध, जैन, आदि सबै धर्महरूले केवल ’प्रेम’ को पाठ सिकाउँछन् तर व्यावहारिक जीवनमा धारणाहरू बनाउने यो काम केवल एक भगवानले मात्र गर्न सक्नुहुन्छ । हृदय प्रेम र भावनाको प्रतीक मानिन्छ । संगम युगमा प्रेमरुपी धर्मको धारणाले सुनौलो युगमा एक आदी सनातन देवी देवता धर्ममा रुपान्तरित हुन्छ । आध्यात्मिक सशक्तिकरणले आत्माको भाषाको ज्ञान तर्फ डोर्र्याउँछ यसको मतलब हो कि आफूलाई एक आत्माको रूपमा बुझ्नु, अरुलाई आत्माको रुपमा हेर्नु र आध्यात्मिक आधारमा व्यवहार गर्नु । यहाँ संगम युगमा आत्माको भाषाको व्यवहार सतयुगमा आपसी व्यवहार बन्न जान्छ । यसरी आद्यात्मिक ज्ञानले संगममा कुनै भेदभाव नगरी सबैको साथ उच्च स्तरको मानव व्यवहार गरी एउटै परिवारको रूपमा मानवलाई बाँध्छ । जुन सुनौलो युगमा ईश्वरीय कुलको रूपमा परिणत हुन्छ ।

त्यसैले आजको आध्यात्मिक सशक्तीकरण (संगमयुग) आउँदै गरेको भोलि (सतयुग) को सम्वृद्ध राज्य व्यवस्थाको आधार बन्छ । जसले अहिले आत्मा राजाको आदेशमा आफ्ना कर्मइन्द्रियहरुलाई स्वभाविक तवरले राज्य गर्न सक्छ,उसैले स्वर्ण युगमा सफल प्रशासन चलाउन सक्दछन् । स्व राज्य अधिकारी नै भविश्यको विश्व राज्य अधिकारी स्वतः वन्दछ ।
यो प्रकृतिको नियम हो कि प्रत्येक बस्तु,सभ्यता,संस्कृति, धर्म, संस्था, आदि सबै यसको सतोप्रधान चरणबाट खसेर तमोप्रधान पतनको चरणमा पुगेको हुन्छ । प्रारम्भिक चरणमा प्रत्येक धर्ममा आध्यात्मको कारण आन्तरिक बल हुन्छ । यसका अनुयायीहरूसँग त्याग,तपस्या, सेवा र सादगी हुन्छ । तर समय बित्दै जाँदा यी गुणहरू घट्न थाल्छन् र कलियुगको अन्त्यसँगै आध्यात्मिक शक्ति पनि हराइसकेको हुन्छ । मानवीय र आध्यात्मिक मूल्य मान्यताहरू प्रायः गायब हुन्छन् । ’धर्म’ केवल विश्वासको रुपमा हुन्छ र प्रायः पूर्ण रूपमा पवित्रता वा शुद्धता घट्छ ।

यस कारणले गर्दा तिनीहरूसँग न त आफ्नै इन्द्रियहरूमा नियन्त्रण हुन्छ न त उनीहरूले मानसिक एकाग्रता,आन्तरिक शान्ति र शक्तिको अनुभूती नै गर्न सक्षम हुन्छन्। तिनीहरू आफ्नो धर्म संस्थापकहरुद्वारा दिएका नियम र मापदण्डको पालना गर्न सक्षम रहदैनन् ।It is the law of nature that every object, civilization, culture, religion, institution, etc., falls from its Satopradhan stage to the stage of Tamopradhan fall. In the early stages, every religion has an internal force due to spirituality. Its followers have sacrifice, penance, service and simplicity. But over time, these qualities begin to wane, and with the end of Kali Yuga, the spiritual power is lost. Human and spiritual values ​​often disappear. ‘Religion’ occurs only in the form of faith and often completely diminishes holiness or purity. As a result, they have neither control over their senses nor are they able to experience mental concentration, inner peace, and power. They are not able to follow the rules and standards given by the founders of their religion.

‘तिनीहरू ’माया’ वा दुर्बलताबाट हराएको महसुस गर्दछन् र सोच्छन् कि सर्वोच्च पिता वा उनीहरूको धर्मका पिताले मात्र उनीहरूलाई ’माया’ को जंजिरबाट हटाउन सक्नुहुन्छ। हामी यस निष्कर्षमा पुग्दछौं कि यद्यपि भगवानले दिशा निर्देश गर्नुहुन्छ र सहयोग पनि गर्नुहुन्छ, तर हामीले प्रयास आफैंले गर्नुपर्यो तबमात्र हामी वास्तविक आनन्द र सन्तुष्टिले अनुभूती गर्न सक्नेछौ । धेरै जसो शारीरिक र प्राकृतिक घटनाहरू चक्रीय क्रम र निश्चित समयमा पुनरावृती हुन्छन् । सामान्यतया दिन र रातको २४ घण्टाको चक्र हुन्छ । त्यसैगरी ऋतु चक्र एक वर्षदिनमा निरन्तर चलिरहन्छ । वर्षाचक्रमा समुद्रको पानी सूर्यको तापबाट वाष्पीकरण हुँदै बादलको रूप लिन्छ । यी बादलहरू पहाड र मैदानमा वर्षाको रूपमा वर्षिएर नदी, खोला र झरनाहरुको रूपमा वहदै समुद्रमा आएर मिसिन्छ । जुन चक्र दोहोरिरहन्छ । वनस्पति चक्रमा पहिला बीजबाट अंकुर बाहिर आउँछ त्यसपछि बिरुवा र पछि रूख हुन्छ बृक्ष नष्ट हुनु अघि नयाँ बीउहरू उत्पादन गर्दछ, जसले फेरि नयाँ रूख सिर्जना गर्दछ । मानव जीवनमा आत्माले पहिले आमाको गर्भमा शरीर धारण गर्छ त्यसपछि क्रमशः नवजात शिशु,वालक, किशोर, युवा, वयस्क र बुढ्यौली अवस्थामा प्रवेश गर्दछ र यो शरीरलाई छोडी दोस्रो शरीर समातेर फेरि मानव जीवन चक्रमा आउँदछ । त्यस्तै त्यो विश्व चक्र पनि जारी रहन्छ । शुरुमा साढे दुई हजार वर्षमा (सत्ययुग–त्रेतायुग) जहाँ एक धर्म, एक राज्य,एक भाषा र एक मत भएको कारण सुख शान्तिको सहनाई वज्दछ । पछिल्लो साढे दुई हजार वर्षमा (द्धापर–कलियुग) अनेक मत मतान्तरको कारण द्धैत कलह, झगडा र क्लेशले दुःख अशान्ति उत्पन्न हुन्छ।

कलियुगको अन्तमा विज्ञान आफ्नो चरमोत्कर्षमा पुग्छ र धेरै सुखका साधनहरूको साथ साथ आणविक हतियारहरूको निर्माण गरी प्रदूषण फैलाउन भूमिका निभाउँछ । यस कारणले गर्दा धेरै प्रकारका रोगहरू ( शोक, दुःख, अशान्ति बढ्दछ । सबै मानिस अमानवीय,कुटिल र अपवित्र हुन्छन् जसका कारण तिनीहरूको आहार, व्यवहार, दर्शन, दिमाग, शब्द र कर्महरू तमोगुणी हुन्छन् । जो अति धर्मको महाग्लानीको समय मानिन्छ । सृष्टि नाटकका निर्माता र निर्देशक सर्वोच्च पिता शिवले प्रजापिता ब्रह्माको शरीरमा अवतरण भएर हामी मानिसहरूलाई मार्गदर्शन गर्न ईश्वरीय जन्मसिद्ध अधिकार दिदै हुनुहुन्छ । यसलाई पुरुषोत्तम संगम युग भनिन्छ जुन कलियुगको अन्त्य र सतयुगको शुरुवातको सन्धिकाल हो । यो आध्यात्मिक सशक्तीकरणको समय हो । यसपछि सुनौलो युग फेरि आउनेछ । जसले आध्यात्मिक सशक्तिकरणको माध्यमबाट आफूलाई सशक्त बनाउनेछन त्यही आत्माहरु स्वर्णिम युगका लायक र सञ्चालक हुनेछन् । जब कुनै व्यक्तिले शरीर छोड्छ प्रायः भन्ने गरिन्छ कि ऊ स्वर्गमा गएको छ । अर्को शब्दमा यसको भावार्थ यही रह्यो कि उ पहिला नरकमा थियो र मृत्युपछि स्वर्गमा गयो । अब सर्वोच्च पिता निराकार ज्योतिविन्दु शिव जो त्रिकालदर्शी र ब्रह्माण्डको आदी मध्य र अन्तको ज्ञाताले बताउनुभएको छ कि यस सृष्टिको अतिरिक्त स्वर्ग र नरक छुट्टै दुनियाँ अर्को छैन । मानव आत्माहरु सबै सद्गुणले भरिएका हुन्छन्,१६ कला पूर्ण छन, निर्विकारी हुन्छन,सम्पूर्ण अहिंसक वा मर्यादा पुरुषोत्तम वन्दछन् तब यस सृष्टिलाई स्वर्ग भनिन्छ । किनभने यसलाई स्वर्ग, अल्लाहको बगैंचा, हेविन पारडाइज नामले चिनिन्छ ।

आफैं भगवानले यस्तो सृष्टि बनाउनुहुन्छ । जीवनमा खुशीको धेरै रंगहरूमा विलीन हुन्छन् । सम्पूर्ण राज्य कारोवार पूर्णतया तनावमुक्त छ वा स्वचालित हुन्छ । जीवनमा कुनै पनि काममा कडा परिश्रमको भावना हुँदैन । यसलाई जीवन मुक्त चरण भनिन्छ । जहाँ कसैको अनियन्त्रित वा अकालै मृत्यु हुँदैन । प्रत्येक व्यक्तिको शरीर सँधै स्वस्थ र सबै उज्यालोको खजाना हुन्छ । देवआत्माहरु सम्पूर्ण खजानाले भरपूर रहेका हुन्छन्। यस्तो संसारको पुनर्निर्माणको काम हाल चलिरहेको छ यस ब्रह्माण्डका सबै आत्मालाई यस्तो संसारको अधिकार दिन परमात्माले आव्हान गरिहनु भएको छ तसर्थ आउनुहोस् हामी सबै यस पवित्र कार्यमा सहयोगीहरू बनौं । आद्यात्मिक शसक्तिकरणबाट नवयुगको स्थापना अवश्य हुनेछ त्यसको लागी सुनौलो चावी हाम्रो हातमा नै छ । ओम शान्ति ।
लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं आध्यात्मिक अभियन्ता समेत हुन ।