Goraksha

National Daily

‘संस्कारसहित प्राविधिक शिक्षा आवश्यक’

गोरक्ष समाचारदाता
दाङ, २८ पुस । संस्कारसहितको प्राविधिक शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । शान्ति सुधा आवासीय माध्यमिक विद्यालय घोराहीको ३१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् ।

पछिल्लो समय संस्कार हराउँदै गएकाले विद्यार्थीलाई यसबारे सिकाउनु पर्ने सहभागीले बताएका थिए । उनीहरूले विद्यार्थीलाई संस्कारसहित समयानुसार प्रविधिको प्रयोग गरेर शिक्षण गर्नुपर्ने बताएका थिए । जिल्लामा विद्यालयले बनाएको आप्mनो पहिचानलाई बचाइराख्न समेत उनीहरूले आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख नारायणप्रसाद पौडेलले बावालिका कितावी शिक्षा मात्र नभई व्यावहारिक शिक्षा दिनुपर्ने बताए । यस तर्फ विद्यालय, शिक्षक, अभिभावले समेत ध्यान दिनुपर्ने बताए । पछिल्लोे समय प्रविधिको प्रयोगको नाममा प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै यसतर्फ सचेत हुन समेत आग्रह गरे । हरेक क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै त्यसैअनुसार आफुलाइ अगाडि बढाउन शिक्षक, विद्यार्थी तथा विद्यालय लाग्नु पर्ने उनको भनाइ छ ।

विद्यालयको प्रिन्सीपल विनयकुमार मिश्रले विद्यालयले संस्कारसहितको प्रविधिको प्रयोग गरेर विद्यालयले शिक्षण सिकाइ अगाडि बढाएको बताए । ‘हामी संस्कारसहित प्रविधिको प्रयोग गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न प्राथमिकता दिएर अगाडि बढिरहेका छौँ’, उनले भने । शिक्षामा आएका नया आयामको प्रयोग गदै आएको समेत उनले बताए ।

आफुहरू कुनै पक्ष बाट पनि पछाडि नपरेको समेत उनले दाबी गरे । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरू डा रमेश बस्नेत, डा. प्रकाश रसाइली, इन्जीनिय आलोक शर्मा, घोराही खानेपानी संस्थाका बरिष्ठ उपाध्यक्ष तथा विद्यालयका संस्थापक अभिभावक संघका अध्यक्ष भरतमणि पाण्डे, पत्रकारहरू अमरराज आचार्य, गोविन्द खड्का, विद्यार्थी अनुशा बुढाथोकी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थाप समितीका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको थियो । विद्यालयका शिक्षक रामबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बालकृष्ण डाँगीले गरेका थिए । कार्यक्रममा विद्यालमा उत्कृष्ट हुने विद्यार्थी, विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितामा विजेता, जिल्ला तथा देशका विभिन्न स्थानमा भएका प्रतियोगितमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।