Goraksha

National Daily

नेपाल शिक्षक संघ घोराहीको आठौँ स्थानीय प्रतिनिधिसभा

हेमराज शर्मा
दाङ, २७ पुस । नेपाल शिक्षक संघ घोराहीको आठौँ स्थानीय प्रतिनिधिसभा आज शनिबार सम्पन्न भएको छ ।
दाङको पर्यटकीय क्षेत्र बाह्रकुने दहमा बनभोज कार्यक्रम सहित घोराहीको स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको हो ।

नेपाल शिक्षक सङ्घ घोराही नगर कार्यसमिति अध्यक्ष खिमप्रकाश पुरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शशंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमारी योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका शिक्षकहरुलाई आग्रह गरेका छन ।

कार्यक्रम बोल्ने बक्ताहरुले सामुदायीक विद्यालयहरुमा पठनपाठनकाे अवस्थालाई धेरै सुधारगर्नुपर्ने भएको हुँदा नेपाल शिक्षक संघले त्यसर्फ ध्यान दिई शिक्षक नेताहरुले सामुदायीक विद्यालयहरुमा पठनपाठनकाे अवस्थालाई धेरै सुधारगर्नुपर्ने भएको हुँदा नेपाल शिक्षक संघले त्यसर्फ ध्यान दिई आफू कार्यरत रहेको विद्यालयमा प्रभावकारी शिक्षण गरी नतिजाउन्मुख हुनुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे ।भिन्न शिक्षकहरूलाई स्वागत तथा सम्मान पनि गरिएको थियो।

नगर समितिकि महिला उपाध्यक्ष रिमा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति भिमप्रकाश खड्का, नगर सभापति तिलक रावत, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डे लगायतकाले देशको शिक्षा क्षेत्रको बिकासका लागि लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ घोराही नगर कार्यसमितिका सचिव गोपाल पोख्रेलले गर्नुभएको थियो ।