अम्बिकेश्वरीमा  विद्यार्थीका लागि प्रोफाइल बिल्ड अफ कार्यक्रम

गोरक्ष समाचारदाता
घोराही, २५ पुस । स्वतन्त्र बिद्यार्थी युनियन अम्बिकेश्वरी क्याम्पसद्वारा तीन दिने लिन्कडेन प्रोफाइल बिल्ड अप कार्यक्रम सम्पन्न गरेको छ ।

स्वतन्त्र बिद्यार्थी युनियन अम्बिकेश्वरी क्याम्पसको आयोजना तथा अम्बिकेश्वरी क्याम्पसको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रम फलदायी भएको र आगामी दिनमा विद्यार्थीलाई सहयोग पुग्ने कार्यक्रमका लागि क्याम्पसले सहयोग गर्ने क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालले बताए ।

कार्यक्रम विशेष गरि २०८१ ब्याचका बिद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको स्ववियु सभापति रणबहादुर खड्काले जानकारी दिएका छन् । स्ववियु सभापति खड्काले आगामी दिनमा अरु ब्याचका विद्यार्थीका लागि पनि कार्यक्रम गरिने बताए । स्ववियु सधै बिद्यार्थी हकहितमा रहेको बताउँदै विद्यार्थीका लागि आवश्यक कार्यक्रमहरु क्याम्पससँग समन्वय गरेर आगामी दिनहरुमा पनि गरिने बताए ।

कार्यक्रमको प्रशिक्षकको रुपमा कोड फर चेन्जका प्रोजेक्ट लिड–२०२४ का मिलन भण्डारी रहेका थिए । कार्यक्रम संयोजकका रुपमा स्ववियु सदस्य प्रशान्त चौधरी, कार्यक्रम संचालकको रुपमा स्ववियु सदस्य डिना भण्डारी तथा सहयोगस्को रुपमा बिनोद चौधरी र गौरव बस्नेत रहेका थिए ।