calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

घोराहीमा छैठौ कृषि, पर्यटन तथा महोत्सव हुने

घोराही,२२ पुस । कृषि तथा साना उद्योग व्यवसायको प्रवद्धनसँगै पर्यटन क्षेत्रको विकासका लागि दाङको घोराहीमा छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा ‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराको साथ आगामी फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा छैठौं कृषि पर्यटन महोत्सव हुन थालेको हो ।

महोत्सव आयोजक दाङ जिल्ला उद्योग बाणिज्य संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव घोराही उपमहानगरपालिका–१४ झिंगौरामा हुन थालेको जानकारी गराएको हो । स्थानीय कृषि उत्पादनको प्रवद्र्धनसँगै उद्योग व्यवसायलाई चलाएमान बनाउँदै घोराहीमा घोषणा भएको लक्ष्मीपुर औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजनक समितिका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभएको छ ।

उद्योग व्यवसायलाई चलाएमान बनाउँदै घोषणा भएको औद्योगिक क्षेत्र स्थापनाका लागिका पहल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भन्दै अध्यक्ष जोशीले भन्नुभयोे,‘उद्योग वाणिज्य संघले विभिन्न समयमा यहाँको उद्योग, व्यापार, कृषि एवम् पर्यटनलगायतका क्षत्रको विकास र प्रवद्र्धनका लागि भूमिका खेल्ने छ ।’ महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी वस्तु विकासका साथै बजार प्रवद्र्धन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा औद्योगिक तथा व्यापारीक बस्तुहरुको प्रदर्शनी एवम् विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवम् सूचना प्रविधिको प्रदर्शनी गरिने मुल आयोजक समितिका सहसंयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । सहसंयोजक बुढाथोकीका अनुसार महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट स्थानीय उत्पादनका सामग्रीलाई राखिने र करिव २० करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।