हेमराज शर्मा
दाङ,१० पुस । नेपाल शिक्षक संघ दाङले जिल्लाको प्रतिनिधि सभा आगामी माघ २६ गते शनिबार सप्पन्न गर्ने निर्णय गरेको छ ।
संघको शनिबार घोराहीमा सम्पन्न पूर्ण बैठकले आगामी माघ २६ गते घोराहीमा प्रतिनिधि सभा गर्ने निर्णय गरेको छ । नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले सबै पालिकाहरुको स्थानीय प्रतिनिधि सभा यहि पुस २७ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको संघका सदस्य बालचन्द्र शर्माले जानकारी दिएका छन् ।
बैठकले शिक्षक महासंघ गठन हुन बाँकी पालिकाहरुमा गठनका लागि निर्णायक भूमिका निर्वाह गर्ने,सदस्यता नविकरण हुन बाँकी भएमा त्यसलाई तिव्रता दिने,नेपाल शिक्षक संघ महिला विभाग दाङको आयोजनामा आउँदो माघ १९ गते पेशागत क्षमता तथा नेतृत्व सीप विकास कार्यक्रम गर्ने,संघको विभागहरुलाई चलायमान बनाउनका लागि कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्ने बक्ताहरुले शिक्षक नेताहरुले सामुदायीक विद्यालयहरुमा पठनपाठनको अवस्थालाई अझ प्रभाकारी बनाउनुपर्ने भन्दै नेपाल शिक्षक संघले त्यसर्फ ध्यान दिई आफू कार्यरत रहेको विद्यालयमा प्रभावकारी शिक्षण गरी नतिजाउन्मुख हुनुपर्ने कुरामा जोड दिएका छन ।
बैठकमा नेपाल शिक्षक संघका संघिय पूर्व उपाध्यक्ष एवं सल्लाहकार अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेश कुमार पाण्डेय, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष एवं सल्लाहकार युबराज बस्नेत,सल्लाहकारहरु जितबहादुर जिसी, बसन्तराज घिमिरे, लुम्बिननी प्रदेश सदस्य ढकबहादुर वली, निवर्तमान उपाध्यक्ष योगराज खत्रीलगाएतका सबै पालिका अध्यक्षज्यूहरुले आफ्नो पालीकामा भएका प्रगति प्रतिवेद पेश गरेका थिए ।
बैठकमा संघका जिल्ल सचिव (अर्थ) निशान्त आचार्यले हालसम्मको आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । बैठकको सहजीकरण नेपाल शिक्षक संघ दाङका सचिव सूर्यबहादुर बस्नेतले गरेका थिए ।