रोल्पा, २७ मंसिर । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चारकर्मीका लागि आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनिकरणका लागि सञ्चारकर्मीहरुको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज लमही आँखा अस्पतालको आयोजना तथा एन.ए.वीपी नर्वेको आर्थिक सहयोग रोल्पाका क्रियाशील पत्रकारको सहभागितामा तालिम भएकोहो । सो अवसरमा नेपालको अन्धोपनको अवस्था, लुम्विनी प्रदेश तथा रोल्पा जिल्लामा रहेको अन्धोपनको अवस्थाको विषयमा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासक थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले दिएको सेवा र भावि कार्यक्रम तथा आँखा स्वास्थ्य नीतिको विषयमा जानकारी गराए। थापाले लमही आँखा अस्पतालद्धारा सञ्चालित रोल्पाको सुलिचौरमा रहेको आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा विकास र प्राथमीक कान उपचार सेवा सञ्चालन गर्न लागेको भन्दै अन्धोपन न्युनिकरणका लागि नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रमले सञ्चालन गरेका गतिविधिको विषयमा जानकारी गराएका थिए ।
थापाले अस्पतालले दातृनिकायहरुको सहयोगमा अन्धोपन न्यूनिकरणका लागि विभिन्न कार्यक्रम तथा स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयमसेबिका,शिक्षक,विद्यार्थी,धामी झाक्री,पत्रकारहरुलाई समेत आँखा स्वास्थ्य शिक्षा तालिमहरु प्रदान गर्ने गरेको बताए। उनले अव केहि दिनमै रोल्पाको सुलिचौरमामै आँखाको शल्यक्रिया गर्नेगरि तयारी गरेको बताए ।
कार्यक्रममा नेत्रसहायक विमल घिमीरेले आँखा स्वस्थ राख्ने तरिका, आँखामा लाग्ने रोगहरु, मोतियाबिन्दु, जलबिन्दु,दृष्टीदोष लगाएतका बारेमा पत्रकारहरुलाई दिएका थिए । उनले लापरबाहीको कारणले आखाँको ज्योती गुम्न सक्ने भएकाले आखाँलाई सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।
उहाँले आँखा मानिसको महत्वपूर्ण अंग भएकाले ६ महिनाको अन्तररालमा चेकजाँच गर्न,नियमित सरसफाईमा ध्यान दिन र आँखामा जथाभावी औषधि प्रयोग गर्न नहुने बताए । कार्यक्रममा सूचना अधिकारी बालाराम खड्काले कार्यक्रम अन्तर्गत अस्पतालहरुले उपचारात्म संगै सचेतात्मक शिक्षात्मक र पुनस्थापना कार्यक्रम सञ्चालन गरेकोको बताए ।
प्रमुख प्रशासक थापाको अध्यक्षता पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कासिराम डाँगीलगायतले बोलेका थिए । कार्यक्रममा आपूर्ति व्यवस्थापन अधिकृत मिना थापा,छन्द कालेबाबु नारायणी आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक हरिबहादुर भण्डारीलगायतको सहभागीता रहेको थियो ।