Goraksha

National Daily

नेपाली कांग्रेस क्षेत्र नं. २ (२) द्वारा प्रशिक्षण

दाङ, १४ मंसीर
नेपाली कांग्रेस क्षेत्र नं. २(२) ले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम गरेको हो ।

प्रदेश क्षेत्रिय सभापति अभियान बस्नेतको अध्यक्षता एवं नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले पार्टी सुदृढिकरणकालागी लागिपर्न सम्पूर्ण नेता कार्यकर्ताहरूमा अनुरोध गर्नुभयो । उहाँले कांग्रेसले सुरू गरेको सय दिने अभियान अन्तरगत हरेक संरचना क्रियाशील भएर लागेको बताउदै अभियानले कांग्रेसप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विपुल पोख्रेल, डा।बिनबहादुर सिं वली, विष्णु शर्माले नेपाली कांग्रेसको एतिहासिक पृष्ठभुमी, राष्ट्रियता लोकतन्त्र र समाजवाद, समसामयिक राजनिति विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङमा पूर्व सभापति घनश्याम रेग्मी, नेपाली कांग्रेस क्षेत्र न २ का सभापति भिमप्रकाश खड्का, महासिति सदस्य भुपबहादुर डाँगीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने सहभागीहरूले व्यक्तिबाट भन्दा पनि विचार र विधानबाट चल्नुपर्ने बताएका थिए ।

प्रदेश क्षेत्रीय उपसभापति एवं कार्यक्रम संयोजक सरद समीपको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव तिलक केसीले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश क्षेत्रिय पदाधिकारी, सदस्यहरू, वडा समितिका सभापति, सचिवहरूको सहभागिता रहेको थियो