घाेराही,७ मंसिर। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित श्री माध्यमिक विद्यालय सौडियारमा संचालन हुन लागेको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूल समारोह समितिले बिभिन्न विषयगत उपसमिति गठन गरेको छ ।
विद्यालयको भौतिक, शैक्षिक सुधार एवम् सभाहल निर्माणका लागि आगामी मंसिर २१ गतेदेखि संचालन हुने महायज्ञ सम्पन्न गर्न मंगलबार विद्यालयमा आयोजित वृहत अन्तरक्रियाले मूल समारोह समितिसँगै २५ वटा उपसमिति गठन गर्दै संयोजकसमेत तोक्दै जिम्मेवारी बाँडफाँड गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराई संयोजक रहेको ३ सय सदस्यीय महायज्ञ संचालन मूल समारोह समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वली रहनुभएको छ भने सदस्यहरुमा घोराही ७ का वडा अध्यक्ष, वडा नम्बर ७ मा रहेका सबै टोल विकास संस्थाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सहकारी संस्थाका अध्यक्ष, आमा समुहका अध्यक्षलगायत रहनुभएको छ ।
महायज्ञकाे प्रमुख कथावाचक व्यास पण्डित काेमल उपाध्याय रहनु भएको छ । महायज्ञको दाता पहिचान समितिको संयोजकमा समाजसेबि भुपबहादुर डागिलाई जिम्मेवारी दिईएको छ । जस्को समिती सदस्यहरुमा बिब्यस अध्यक्ष निशानदाजु भट्टराई, घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरी, वडा सदस्य चिजबहादुर चौधरी, पुर्ब बिब्यस अध्यक्ष बुद्धिप्रकाश चौधरी(सचीन), पुर्ब बिब्यस अध्यक्ष भिमप्रकाश खड्का, समाजसेबि तिलकराम आचार्य रहनु भएको छ ।