रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई
सन्तोष केसी
तुलसीपुर,१३ कार्तिक । दोस्रो ज्ञानज्योति फाउन्डेसन रनिङशिल्ड प्रतियोगिता २०८१ को उपाधी ज्ञानज्योती मावि तुलसीपुरले जितेको छ ।
ज्ञानज्योती फाउन्डेसनले गत बर्षदेखि फाउन्डेसनभित्रका विद्यार्थीहरुबीच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्देश्यका साथ रनिङशिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
पहिलो संस्करणको विजेता अमृत एकाडेमी तुलसीपुर–१९ विजौरीको आयोजना तथा ज्ञानज्योती फाउन्डेसनको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ काश्य पदक हात पार्दै ज्ञानज्योती मावि तुलसीपुरले उपाधी जितेको हो ।
त्यस्तै ३ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको आयोजक विद्यालय अमृत एकाडेमीले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञानज्योति तुलसीपुर–७ बम्नै २ स्वर्ण, ३ रजत र १ कास्य सहित तृतीय भयो । प्रतियोगितामा फाउन्डेसन भित्रका ८ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक सुनिल भण्डारीले जानकारी दिएका छन् ।
अमृत एकेडेमी विजौरीका प्रिन्सिपल प्रताप सेजवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यता एवं ज्ञानज्योती फाउन्डेसनका संस्थापक अध्यक्ष टीकाबहादुर जिसीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा ज्ञानदिप कलेजका भाइस प्रिन्सिपल मनोज केसी, एकाडेमिक कोर्डिनेटर शरद गौतमलगाएतको उपस्थितिमा भएको समापन कार्यक्रममा खेलाडिहरुलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो भने खेलकुद अफिसियल र उद्घाटन समारोहमा उत्कृष्ट झाकी तथा र्याली प्रस्तुत गर्ने राप्ती पब्लिक स्कुल बाघमारेलाई प्रशंसापत्र र खादासहित सम्मान गरिएको थियो ।
अमृत एकाडेमीका भाइस प्रिन्सीपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमृत एकाडेमीमा अध्ययनरत छात्रा सृश्मा थापाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन ज्ञानज्योति कलेजका उपप्राध्यापक सोमराज वस्नेतले गरेका थिए ।