calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

रिहारमा यज्ञ पुनर्जागरण गरिने

श्रीराम दहित
रिहार, ११ कात्तिक । लमही नगरपालिका–९ रिहारमा रहेको बगार बाबा धाममा “योगी नरहरी नाथ यज्ञ कुण्ड“ अखण्ड अग्निमा नित्य नियमित गायत्री यज्ञ हुने भएको छ । आध्यात्मिक तपस्थलीको रूपमा स्थापित पौराणिक क्षेत्र रिहारमा प्रत्येक महिनाको अन्तिम शनिबार मासिक गायत्री यज्ञ गरिने भएको हो ।

उक्त कार्यको बगार बाबा गौधामका योगी सन्तोष नाथले शुभारम्भ गरेका थिए । लिखित किम्बदन्ति विभिन्न पुरातात्त्विक वस्तुस्थान तप्तकुण्ड शास्त्रीय मान्यता अनुसार सिद्ध भुमिमा द्वापर युगमा न्याय मुर्ति प्राणी मात्रका प्रिय भगवान श्रीकृष्णद्वारा न्याय सम्पादन पैरवी गरिएको तथ्य पुरातात्त्विक वस्तु प्रमाणिक आधार रूपमा रहेका छन् ।

सिद्ध तपस्थलीलाई जन–मनमा स्थापित गर्न गराउन आधुनिक द्रष्टा आध्यात्मिक अभियन्ता राष्ट्रगुरु योगी नरहरि नाथले स्थानीय समाजसेवी स्व. लालबहादुर पछाई, स्व. लीलामणि शर्मा, साविक सतबरिया गाविस अध्यक्ष डिल्लीबहादुर खड्का, संयोजक सेवक बुढाथोकी, देविमाया थापा, तेजमणि ज्ञवाली, स्व. श्यामलाल चौधरी, शिक्षक अमृत पछाईलगायतको सहकार्यमा कोटी होम त्रैमासिक अनुष्ठान यज्ञ २०५६ मा गरिएको थियो ।

जातीय लैङ्गिक वर्गीय विभेद न्यूनीकरण लक्ष्य लिइ गरिएको उक्त यज्ञमा तत्कालीन समयमा उत्साह भएता पनि पछिल्लो समय उक्त “योगी नरहरि नाथ यज्ञशाला“ संचालनको महत्त्व बुझ्ने बुझाउने गतिविधि नहुँदा पवित्र यज्ञशाला दुरुपयोग भएको थियो । यसअघि पटकपटक विभिन्न समय र व्यक्तित्वहरुको सक्रियतामा २०६९ स्व.शास्त्री पद्मनाभ उपाध्याय, स्व. लालबहादुर पछाई, स्व. श्यामलाल चौधरी, अलका पाण्डे, श्रीराम दहितलगायतको पहलमा पाँच दिवसीय यज्ञ गरिएको थियो ।

गायत्री परिवार दाङका श्रीराम दहित, स्वस्थानी कथा वाचन यज्ञ संचालन स्थानीयबासी तथा वडा नं. ९ की महिला वडा सदस्य इश्वराकुमारी पछाई, प्रेरणा पछाई, मन्जु चौधरी, माया चौधरी, हिरा दहित, नरजित चौधरी, तुलसीराम चौधरीको सक्रियता २०७८ माघ महात्म्यअन्तर्गत एक महिने श्रीस्वस्थानी व्रत कथा वाचन गायत्री यज्ञ गरिएको थियो ।

गायत्री परिवार दाङ्गले सरोकारवालासंग सत्संग गोष्ठी पश्चात् दुरुपयोग भइ रहेको सिद्ध क्षेत्रमा नित्य नियमित अखण्ड अग्निमा सन्तोष नाथ, गायत्री परिवार दाङ्गका आयुर्वेदाचार्य लक्ष्मीनारायण शर्मा, वडासदस्य इश्वराकुमारी पछाई, श्रीराम दहित,गोरक्ष निखिलवाणी दाङका संयोजक डा मनोज अधिकारी, श्री बगारबाबा धाम रिहारका अध्यक्ष रबिन्द्र केसीको सक्रियता शनिबार अग्नि पुनर्जागरण (अग्नि स्थापना ) गरिएको थियो ।

त्यस अवसरमा योगी सन्तोष नाथले अग्नी बालेका थिए भने यज्ञ संचालन श्रीराम दहितले गरेका थिए । आयोजना रबिन्द्र केसी, वडा सचिव ललिता कडायत,दुजिराम भण्डारी दम्पती, अमृता शर्माद्वारा गरिएको थियो । सत्संगमा विचार राख्दै अध्यक्ष केसीले संस्थागत तथा व्यक्तिगत रूपमा पवित्र कर्म अखण्ड अग्नि तथा मासिक गायत्री यज्ञ निरन्तरताका लागि संकल्प लिइ प्रतिबद्धता जनाएका थिए ।
आयुर्वेदार्चाय शर्माले गायत्री परिवारका अभियानसंग हातेमालो गरेकोमा आभार व्यक्त गर्दै शुभकामना प्रदान गरे । यसअघि पटकपटक गरिएका कर्मको संचित उर्जा सदुपयोग भइ राष्ट्रगुरु योगी नरहरि नाथको परिकल्पना साकार पार्न गायत्री परिवार दाङ्ग तथा व्यक्तिगत प्रतिबद्धता संकल्प लिएको भन्दै सम्पूर्णप्रति साधुवाद प्रदान गरेका थिए ।

अधिवक्ता कृष्ण डाँगीले असल कर्मको सुरुवात भएकोमा खुसी व्यक्त गरे । डा मनोज अधिकारीले स्वास्थ र समृद्ध आध्यात्मिक मार्गमा प्राप्त हुने बैज्ञानिक तथ्यको जानकारी दिए । सहभागी समाजसेवी ऋषि पौडेल, ईन्जिनियर उमेश अधिकारी, निवृत्त शिक्षक दलबहादुर बस्नेतलगायतले असल कर्मको प्रसंसा खुसी व्यक्त गरेका थिए । वडा नं ९ का सचिव ललिता कडायतले सनातन हिन्दु संस्कृति संरक्षण सदुपयोग गर्नुपर्नेमा जोड दिएकी थिइन ।