पोलियो रोगविरुद्ध घोराहीमा प्रभातफेरी

घोराही, ८ कात्तिक । दाङको घोराहीमा पोलियो रोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले घोराहीमा सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको छ ।

पोलियो उन्मूलनको लागि एकजुट बनेर लागौ भन्ने सन्देश दिनका लागि विहीवार विहान सचेतनामुलक ¥याली निकालिएको हो ।

रोटरी क्लव अफ दाङ र रोट्याक्ट क्लव अफ दाङको संयुक्त आयोजनामा ¥याली गरिएको थियो । घोराहीको होटेल माला इनबाट सुरु भएको ¥याली सहिदगेट, दामोदर चोक हुँदै भानुचोकमा पुगेर समापन भएको थियो ।

 

पोलियो रोग विरुद्ध सचेतना फैलाउने उद्देश्यले सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदीले जानकारी दिएका छन् । सचेतना मुलक ¥यालीमा महिला स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि, क्लवका सदस्य, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागीता रहेको थियो ।