तुलसीपुर, २३ असोज । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गरेको छ । संघ अन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो । ७० जनाको आँखा जाँच गरिएको दृष्टि विशेषज्ञ ओमप्रकास यादवले जानकारी दिए ।
आँखा जाँच गरिएका मध्य केही बालिबालिकामा दृष्टि दोशको समस्या देखिएको छ । यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति संघले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गरेको हो ।
राप्ती आँखा अस्पताममा आयोजित कार्यक्रममा संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले देशभर सञ्चालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरूबाट विश्व दृष्टि दिवसको अवसरमा १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएकोहो ।
नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिकाहरू अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् । दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरूको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ ।
आइएपिबीका अनुसार हाल विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा उपचार आवश्यक पर्ने दृष्टिसम्बन्धी समस्या छ । विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरणमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता सङ्गठन आइएपिबीले संयुक्त रूपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो वर्ष ‘बालबालिका आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
ढनेपााल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज र लमही आँखा अस्पतालमा विश्व दृष्टि दिवस २०८१ आँखालाई माया गरौ बालबालिकाको आँखा लाई विशेष ख्याल गरौं भन्ने मुल नाराका बालबालिकाको आँखा चेकजाँच तथा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
राप्ती आँखा अस्पतालमा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, नेत्रज्योति संघकका कोषाध्यक्ष श्यामप्रकास आचार्य, सदस्य ध्रुव गौतम, राप्ती आँखा अस्पतालका मेसु डा. सन्तोष सुवेदी, एकाडेमीक चिफ डा. सुरेश रसाइलीलगायतले शुभकामना व्यक्तगरेका थिए । कार्यक्रममा राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालिकराम गौतमले कार्यक्रममा विषयमा जानकारी गराएका थिए ।