मधुसूदन सुवेदी
यतिबेला नेपालीहरुको घर–घरमा दसैँ भित्रिएको छ । जनता कोही घरमा छन् । जनताको भारतमा छन् । जनता कोही भारतमा छन् । जनता कोही खाडी मुलुकमा छन् । जनता कोही अमेरिका, क्यानडा, अस्टे«लिया, जापान, जर्मन लगायतका विकसित मुलुकमा छन् । जनता कोही आफ्नै देशमा भएर पनि कर्म क्षेत्रमा हिसाबले जिल्ला बाहिर छन् । जो जहाँ भए तापनि जनतालाई जनताको छोराछोरीलाई आफ्नो गाउँ, टोल, घर साथीभाइ, इष्टमित्रसँग भेट गर्न फुलपातिका दिनसम्म नपपुगी नहुने समस्याले गर्दा तिरिमिरीको अवस्थमा छन् ।
जनता यतिबेला मौसमी प्रकोपले गन्तव्यमा हिड्ने सडक सफा स्वच्छ खुल्ला नहुनाले तिरिमिरप्मा छन् । भनेको समयमा बाटो खुल्ला छैन भनेको समयमा टिकट खुल्ला छैन । भनेको समयमा किनमेल खुल्ला छैन । भनेको समयमा गाडी खुल्ला छैन । भनेको समयमा मौसम सफा छैन । हरेक कारणले यस वर्षको दसैँ जनताका लागि दयनीय परेको छ । तिरिमिरी बनेको ६ वर्ष दिन दसैँ मनाउने जनतालाई हरेकको अवस्थालाई अवसर मौका, उचित समय ठानेर जनता माथि लात हानेर आफ्नो दादागिरी अपनाएर जनता शोषण दमन गर्न ।
अप्ठयरिमा पार्ने । चैगुणामा पार्ने र आफ्नो व्यापार दिन दर गुणी र रात चौगुणा बनाउने दादागिरी पनि कम छैनन् । यतिबेला जनतालाई जर्सि गाइ बनाएर दुहुनेमा व्यापारी घराना, उद्योगपति, सञ्चालक, हवाइ सत्ता चक, दैनिक उपभोग्य बिक्री वितरण गर्ने व्यवस्था व्यापारी सञ्चालक तरकारी बिक्री वितरण गर्ने सब्जी पसल सञ्चालक ।
चुन चौदिनको कारेबार गर्ने गर । गहना पसल सञ्चालक । तयारी यो शाख ? बिक्री वितरण गर्ने फेन्सी पसल सञ्चालक फलफूल तथा मिठाई बेच्ने फलफूल तथा मिष्ठान्न भण्डार सञ्चालक । बाटोमा आवतजावत गर्दै मान्छेलाई चिया नास्ता पियाउने चिया पसल सञ्चालक । ठुला गाडीमा सवार गर्ने यात्रुलाई खान बस्न दिने होटेल लज सञ्चालक छोटो दुरीमा बरी पारीको गाउँमा झोला बोकेर सघाउने अटो सञ्चालक सबै कमाएर खानेको स्वाभिमान, दादागिरी, चम्चागिरी र लुटेराको रुपमा सञ्चालित छन् । यी माथिका सबै व्यापारी लुटेरा धरानामा पर्छन् । जब दसैँ र तिहार आउँछ । हामीले सुनेको कुरा के हो भने जनता जति दुःखमा परे पनि ।
जनता जति पीडामा परे पनि जनता जति वेदनामा परे पनि । जनता जति तनावमा फसे पनि जनता जति शोकमा डुबे पनि । जनता जति अशान्तिमा खेले पनि सबैका लागि दुहुनो गाई बन्नै परेको छ । सबैको घुकुटीभरी दिने कुबेर बन्नै परेको छ । जनता सबैको भाग्य चम्कनुनै भाग्यदाता बन्नै परेको छ । यतिबेला सडक–सडक, गल्ली–गल्ली चोक–चोक, आँगन–आँगन, पसल–पसल, व्यापार–व्यापार कुरेर जनता ढुकेर जनता पर्खेर गाडी जनता बसिरहेका छन् ।
कतिबेला जनता आउला र आफ्नो व्यापारको सोझाउला भनेर मुख मिठाएर हेरिबसेका छन् । कसैको मनमा दया, धर्म, हरी, सहयोग उपकार, परोपकारको भावना छैन । मौका यही हो, आज प्रयोग नगरे कहिले गर्ने । मैले प्रयोग कसले गर्ने ? यो समय चुकाएर जनता भाराको नीति यतिबेला चल्ने हो । कहिले समय पाउने ? खाला सबैको मनमा दसैँ सबैको हो । दसैँ सबैले मनाउँने हो । दसैँमा रमाउने हो ।
दसैँ हामी सबै नेपालीले मनाउने हो । सबैका लागि यो पर्व समान हो । हामीले यो पर्वमा आफूसँग भएको साधन र स्रोतबाट पनि जनता हसाउनु पर्छ भन्ने कसैको मनमा आयो ? आउँछ ? आउला ? जनतालाई आय स्रोतको मुहान, मुल, स्रोत ठानेर र तिज, दसैँ, तिहार, छठ जस्ता पर्वलाई उद्देश्य चुम्ने अवसर बनाएर जनता माथि दादागिरी गर्ने ? यो देशको सरकार कहाँ छ ? आज सरकार भइदिएको भए यतिबेला जनतालाई मलमपट्टी गर्ने सरकारी पसल गाउँ–गाउँमा कुद्थे । आज सरकार भइदिएको भए जनतालाई मलप पहिले गर्ने जनता सहायता केन्द्र दरबारदेखि घरबाटसम्म सञ्चालनमा आउथे । आज सरकार भइदिएको भए मौसमी प्रकोपमा परेर पर्वमा कोही नेपालीले ज्यान गुमाउनु पर्ने थिएन ।
कोही छ ? नेपालीले ज्यान गुमाउनु पर्ने थिएन । कोही छ ? जनताका लागि कोही जन्मेको छ ? आफ्नो ज्यान त कमिलाले पन पालेको छ ? आफ्नो मात्र ज्यान पाल्ने हो ? मान्छेको जुनीमा कल्यान, दया, धर्म, माया, ममता, स्नेहकोमा बना देखाउनु पर्दैन ? खाली जनता ठगेर आफ्नो जीवन धन्य बनाउने ? जनता लुटेर आफ्नो माग चम्काउने, जनता चुसेर आफ्नो आहारी तयार पार्ने ? जनता सबैका लागि बली बनिदिनु पर्ने नेपाल धर्मको देश भएर पनि जनता दुःखी नै हुने ? जनता दुःखी नेपालमा मात्र हुने कारण के हो ? जनतालाई माया गर्ने प्राणी कोही भएन ? सबैको नजर नेपामा मात्र किन हो । जनताले कसको के बिगारेर जनता माथि यति हुनु पर्ने अवस्था किन आयो ?
जनता मजाएर सबैले आफ्नो रोजी रोटी चालउनु किन प¥यो ? यी पर्व भन्ने कुरा हुनेखानेका लागि मात्र हो ? हुँदा खानेले सजिलै पर्व मनाउनै नपाउने हो त ? जुन देशका जनता आफ्नो घर समयमा भित्र पस्न पाउन्न ? त्यो पनि सरकारी फितलो संयन्त्रका कारणले त्यस्तो देशमा समाजवादको कुरा गर्ने ? कुन चाही समाजवाद हो ? मागेर खाने कि, लुटेर खाने कि, लुटेर खाने कि, मुटेर खाने कि, खुरेर खाने ? कुन समाजवाद हो ? कुर्सी, सत्ता, भत्ता र लत्ताको चादुमा बसेर समाववादले धाक लगाउने ? दसैँ मान्न नसक्ने है ?
सियतमा जनता पुगिसके । अझै समाजवाद ? समाजवादको परिभाषा के हो ? थाहा छ ? जनताको हालत बुझ्न नसक्नेले ठुला कुरा गर्ने ? दसैँ आयो होइन दादागिरीको समय आयो । कुन नाममा कसले कसलाई बढिया भाले बनउोन हो थाहा छैन । चारैतिरबाट आफ्नो शस्त्रअस्त्र फिजाएर महाजाल तेसाएर जनता असुल्ने काम भइरहेको छ । जनताका कुनै कुरा सुरक्षित छैनन् । घरभित्र नपस्दासम्म र परिवारसँग नबस्दासम्म जनता त्राहीमा–त्राहीमा छन्, जनता चार आँखा चार कान, चार हात, चार खुट्टा बनाएर तिरिमिरी भएर चार दिशा नदेखेसम्म यसै भन्न सकिन्न । दसैँ त आयो तर दशा म आवतक आएन ।