तुलसीपुर, २१ असोज । नेपाल नेत्रसहायक परिवारको पहिलो लुम्विनी प्रदेश सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ ।
आयोजक समितिका संयोजक सालीकराम गौतमको अध्यक्षता लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यता एव नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले अन्धोपन न्युनिकरणमा नेत्रसहायकहरुको भुमिका महत्वपूर्ण भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिति स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आँखा स्वास्थ्य सेवालाई प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राख्ने बताए । नेपाल उनले लुम्बिनी प्रदेशमा विभिन्न स्वास्थ्य समस्या रहेको बताउँदै अन्धोपन निवारण गर्न आँखा अस्पतालहरूले पु¥याएको योगदान चर्चा गर्दै आँखा उपचारसहित स्वस्थ नागरिक बनाउन सरकार सामुदायिक तथा निजी क्षेत्र संग पनि हातेमालो गर्न तयार रहेको बताए ।
स्वास्थ्य मन्त्री सारूले दृष्टि प्रदान गर्ने क्षेत्रको विकास तथा नेत्र सहायकहरूको समस्या समाधान गर्ने विषयमा प्रदेस सरकार प्रतिबद्ध रहेको समेत बताए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले अन्धोपन न्यूनिकरणमा नेत्र सहायकहरुले भुमिका महत्वपूर्ण रहेको बताए । उनले देशमा रहेको अन्धोपना न्युनिकरण गर्न आवश्यकता महसुस गरि डा. रामप्रसाद पोख्रेलले आँखा स्वास्थ्य सेवाको विकासमा गरेको योगदानको चर्चा गरे ।
उनले जिल्ला तथा ग्रामीण जनसमुदायमा आँखा सेवा पुर्याउनका लागि मध्यम स्तरिय आँखा जनशक्ति विकासको खाँचो टड्कारो रुपमा देखियो र यसैको फलस्वरुप नेत्र सहायकको जन्म भएको बताए । ‘नेत्रसहायकहरु नेपालको आँखा सेवामा मेरुडण्डको रुपमा स्थापीत हुनुहुन्छ नेपालमा अन्धोपन न्यूनिकरण गर्ननेत्रसहायकहरुको पनि ठुलै भूमिका छ – केन्द्रिय सदस्य गिरीले भने ।’
गिरीले नेपाल नेत्रज्योति संघ अन्तर्गत देशका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र रहेको भन्दै त्यसमा कार्यरत नेत्रसहायकहरुले आँखा स्वास्थ्य सेवा प्रवाह गरि रहेको बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ लुम्विनी प्रदेशका कोषाध्यक्ष लिला शाह, नेत्र सहायक परिवारका केन्द्रिय अध्यक्ष रमेश घिमीरे, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, प्रमुख प्रशासक सम्शेर थापा, नेपाल सोसाइटि अकुलोप्लाष्टीक सर्जन नेपाल सहसचिव डा. सुरेश रसाइली, नेत्र सहायक परिवारका केन्द्रिय महासचिव रमेश प्रधानलगायतले बोले शुभकामना व्यक्तगरेका थिए ।
अधिवेशन आयोजक समितीका कोषाध्यक्ष बिमलबहादुर बिसीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा दृनेत्र सहायक परिवारका लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष अम्मर गौतम लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा आँखा उपचार सेवामा पु¥याएको योगदानको कदर गर्दै नेत्र अधिकृत तथा नेत्रसहायकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेत्र सहायक परिवारका केन्द्रीय सदस्य बिमल घिमिरेले गरेका थिए ।
त्यसै विच प्रथम सम्मेलन तथा अधिवेशनबाट सालीकराम गौतामको अध्यक्षतामा १३ सदस्यीय नेपाल नेत्रसहायक परिवार लुम्विनी प्रदेशको नयाँ कार्यसमिती निर्बिरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अञ्जली धामी, सचिवमा किरण ढुंगाना, कोषाध्यक्षमा विमल बहादुर वि.सी, सहसचिवमा रोहित कडायत, सहकोषाध्यक्षमा निशा रेग्मी निर्विरोध चयन भएका छन् ।
त्यस्तै नवनिर्वाचित कार्य समितीको सदस्यहरुमा सृजना खनाल, अखिलेस यादब, रजनिशकुमार श्रीवास्तब, खालिदा बेगम, गीता आचार्य, आशिष चौधरी, दिनेशकुमार श्रीवास्तव रहेको निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिए । नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन अधिकृत खड्काले पद तथा गोपिनियताको सपथ ग्रहण समेत गराएका थिए ।