दाङ,१९ असोज । रोटरी क्लब अफ दाङले माता पवित्रा देवी संस्कृत गुरुकुल घोराही उपमहानगरपालिका–७ शुक्रवारमा निर्माण गरेको शौचालय हस्तान्तरण गरेको छ ।
रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा शनिवार भएको कार्यक्रममा सौचालय माता पवित्रादेवी संस्कृत गुरुकुललाई हस्तान्तरण गरिएको थियो । शौचालय गुरुकुलका प्रमुख प्रकाश भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।
करीव तीन लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय निर्माण गर्न रोटरी क्लब अफ एन्अचोर्ज, हेल्पिङ ह्याण्ड नेपाल र विभिन्न महानुभावहरुले आर्थिक सहयोग गरेको रोटरी क्लव अफ दाङका प्रेसिडेन्ट इलेक्ट रोशन दाहालले जानकारी दिएका छन् । रोटरी क्लव अफ दाङले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।