दिन र घामले पाकेका, जाँगरले थाकेकाबाट देश बल्दैन
मधुसूदन सुवेदी
हाम्रा नेतामा उमेर के छ ? हिसाब किताब केछ ? नेताले काम गर्देन । मनले काम गर्दैन । बचनले काम गर्दैन । कर्मले काम गर्दैन । उमेरले डाँठो काट्यो । डुब्न लागेको क्षितिजको सूर्य समान भयो । दृष्टि दोष छ । मजर दोष छ । भिजन दोष छ तर पनि कुर्सी मोह छ । कुर्सी मोहलाई राष्ट्र मोशसँग जोडेर, कुर्सी मोहलाई जनताको मोहसँग दाँजेर । कुर्सी मोहलाई देशभक्तसँग तुलना गरेर । कुर्सी मोहलाई नयाँ व्यवस्थाको जन्मदाताको लोगो दिएर कुर्सी मोहलाई जेल नेल, त्याग, तपस्याको ब्याज असुलेर । कुर्सी मोहलाई पार्टीको कुशल, सक्षम, दक्ष, कर्म र इमान्दारसँग मोलेर ।
कुर्सी मोहलाई विकास र निकासको शक्तिसँग हिसाबकिताब गरे जे जसको राज्य सत्ताको शक्ति सम्हाल्ने नसा बढेको छ । यो नेपालको लागि ठुलो दशा बन्नेछ । यो साक्षीसातिको शनि दशा बन्नेछ । गर्न केही पनि नसक्ने तर खान सबै खोज्ने यो रोग नहरेरसम्म यो देशमा ठुलो समस्या आउनेवाला छैन भन्ने अवस्था छैन । दिन बिेते, महिना बिते, वर्ष बिते दशक बिते तर जस्ताको त्यस्तै हुँदासम्म पनि हो । सचेत नखुल्ने नेताबाट देश चल्नु र चलाउनु उपयुक्त होइन । समय बितिरहँदा मेरो पनि कालखण्ड बितिरहेको छ भन्ने हेक्का नराख्ने व्यक्तिले राजनीति गर्न त्यति राम्रो होइन ।
नीति, विधि, नियम, कानुन, पद्धति, मूल्य, मान्यता बोकेको दुरदर्शी नेताले कुर्सी मात्र खोज्दैन भुईमा बसेर, चकटिमा बसेर, गुन्द्रोमा बसेर काम्लोमा बसेर वा भुँइमा नै बसेर भए पनि आफ्ना सकक्षीलाई मागदिर्शन गर्न सकिन्थ्यो तर कुर्सीमा बसे मात्र बसेमात्र मैले काम गर्न सक्नु कुर्सीबाट ओर्लिए पछि केही पनि गर्न सक्दैन भन्नु त्यो देश भक्ति पनि होन । राष्ट्रिय मोह पनि होइन । त्यो लोकतन्त्र प्रतिको सच्चा इमानदार पनि होइन । त्यो केवल वालहद मात्र हो । आफू दिले पाकेको थाहा पाउने कि नपाउने ? कतिपय नेता दिनले पाकेर पनि तन्नेरीको मान गर्दैछन् भने कति घयन नेताहरु घामले पाकेका तर आफैमा थाकेका असार १५ का जतिका गोरु जस्ता छन् ।
यस्ताबाट देश चल्छ ? देश चल्न मान्छेको स्वरुपले मात्र पुग्छ ? देश चल्न मानिसको मुर्तिले मात्र पुग्छ ? देश चल्न सतहको झाले मात्र पुग्छ ? देश चल्न जेल नेलले मात्र पुग्छ ? देश चल्नकै चाहिने रहेछ श्र यतिबेला सबैलाई थाहा छैन । सर्व मर्म नबुझेकोले देश हाँक्न सक्छ ? देश हाँक्ने भनेको घर चलाएको जस्तो हो ? आफ्नो परिवारमा भएका सदस्यलाई सम्हालेर सुखी, खुसी, शान्त र समृद्ध परिवार बनाउन नसकेकाले देश चेलाउने हैसियत राख्न देश चलाउनु नाटक गर्नु हो ? देश चलाउन जान्नु माात्र देखाउनु हो । देश चलाउनु भद्रगोल सिर्जना गर्नु हो ? देश चलाउनु मनपरी बोल्नु हो ? देश मिलाउनु भ्रष्ट बन्नु हो । देश चलाउनु काण्डै–काण्ड मच्चाउनु हो ? आखिर के हो त ? देश चलाउने भनेको ? आजको २१औँ शताब्दीको देश यस्तै हो ? सामान्य विकास, सामान्य उन्नती, सामान्य प्रगति, सामान्य विकासलाई पहाड बनाएर छ, ठुलो बन्ने ?
लाटो देशको गौडी तन्नेरीले बन्ने नेता समक्ष थिए, नेता दक्ष थिए । नेता पारदर्शी थिए, नेता सदाचारी थिए, नेता इमानदार थिए, नेता राजनेता थिए भने आज देश किन यसरी चल्ने थियो । त्यसरी चलेन ? यो देशमा बहुमत किन टिकेन । यो देशमा दुई विहाई किन ? यो देशमा प्रजातन्त्र किन फस्टाएन ? यो देशमा बहुदल किन मौलाएन ? यो देशमा गणतन्त्र किन जाएन ? कसको कारण यो सबे असफल भयो दोषि के हो ? जनता कि नेता ? जनता दोषी यस मानेमा हो, सबै घामले पाकेका, दिनले पाकेका र जोशमा थाकेका व्यक्ति शक्ति, समूह, संगठन, दल र मोर्चालाई पाखा लगाउन सकेन । पटक–पटक अनेकौ पटक यो असफल नेतालाई जन्म सुम्पि दियो ।
जनताको यही कमजोरीलाई आफ्नो शक्ति, आफ्नो भक्ति, आफ्नो भाग्य, आफ्नो कर्म ठानेर नेताले एकतर्फी शासन सत्ता अलग गुनासोे भरिएको प्रिय ढैगले चलाउँदै लगे । किन गुनासोले सएिको यस्तो मुलुकमा यो नेता सक्षम ठहरोर्नु कमीको जायज प्रसंग होला । यो देशमा नेता चले तर कसरी चले भने आफ्नै पाराले चले कित पर्दा वा होरका शक्तिले चलाए । आफू कुर्सीबाट ओर्लिने वित्तिकै देशविदेशी शक्तिलाई आरोप लगाउने नेताले देश विकास नहुनुमा कसको दोष देख्छन् । हिजो दुई तिहाई पनि टिकेन ।
हिजो बहुमत पनि टिकेन । फेरि यो यिनीहरु आज त्यही कुरा खोज्दै छन् । जुनै कुरा हिजो आफ्नै हातमा र आफ्नै साथमा टिकेन र बिग्रन आज त्यो कुरा किन चाहियो । पाउँदा सदुपयोग गर्न नसक्ने, गुमाउँदा त्यहो गुमेको चित्र खोज्ने ? यो के हो ? यो के को सकेन हो । यो कस्तो ग्रण हो र कस्तो दोष हो । नेतामा म राम्रो (म) भन्ने भावना किन हटेन ? राम्रो आफु मात्र, सक्षम आफू मात्र, दक्ष आफू मात्र इमानदार आफूमात्र भए बाँकी अरु के हुन् ? बहुदल सबैथोक आफू हो मान्ने निर्दतीय के हो ? के हो ? प्रजातन्त्र के हो ? लोकतन्त्र के हो ? वैज्ञानिक समाजवाद के हो ? अबको पछिल्लो समयमा नेताको भूमिका के हो भने देश असफल भएको पुष्टि गर्ने ।
आफ्नो शासनकाल सफथ खाँदै आफू कमजोरी, असफल र भ्रष्ट हुनुका गुनासो पोख्ने विगत यो कारणले बिग्रिएको हो । अब आगवलाई यो गरेर सच्याउनु पर्छ भन्ने स्पष्ट बाटो देखाएन जनता मोड्ने । हामी एकपटक प्रधानमन्त्री बने पनि देशमा योभन्दा बन्दैन भन्ने पुष्टि गर्ने । आफू जिर्ण भएको घोषणा गर्ने । नयाँ शक्तिको उदयलाई स्वीकार्ने प्रकृतिमा पनि पुरानो पात झर्ने र नयाँ पालुवा पलाउने नियमलाई आत्मसात गर्ने । आफू शक्तिको श्रीव भए तापनि वर्तमान अवस्थाको मुलको पानी इझाम बाँध घिर बनाउ । पानी सञ्चित गर । पानी शुद्धिकरण गर । पानी ट्याकिको निर्माण गरे ।
धारा जडान गर र घरघरमा मोटर लागेका धारा जोड भन्ने कि नभन्ने ? हिजोका मुलले जोडामा र गर्मीमा चिसो पानी जनतालाई दिन सकेको छ । प्रकृति त थाकेको अवस्था छ भने यी नेताको किल्यै नथाक्ने, कहिल्यै नपाक्ने ? प्रकृतिले दिन नसकेको कुरा यी मान्छेरुपी नेताले देलान् । आशा नगरौ । सबै कुरा सुधार्नु पर्छ । नेता सुध्रिनु पर्छ । जनता सुध्रिनुपर्छ । देश सुध्रिनु पर्छ । व्यवस्था सुध्रिनु पर्छ । विकास हुनुपर्छ । यति कोही करोमा छ भने सबै बिग्रिएको बन्ने ?