देशकै विपक्षमा बोल्ने सांसद
भुपेन्द्र सुवेदी
नेपालका राजनेता किन यति विघ्न गतिछाडा भाषा बोल्दै हिन्छन् ? युवा नेता भनिएका सबैले विश्वास गरेका मेटमणि चौधरीजीले कालापानी र लिपुलेकको विषयमा भारतको पक्षपाती बनेको भाषा बोल्नुमा के नेपालको लागि आफ्नो अस्तित्व नै नरहने खालको भाषा प्रयोग गर्नुमा के अर्थ लाग्छ त ? यसै सन्दर्भमा विगत भारतीय कांग्रेसले हामीले जन्माएको नेपाली कांग्रेसले हामीले जे भनेका छौँ ।
त्यो नेपाल सरकारले मान्न तै पर्छ भन्दै आएको अवस्था हो तर त्यसैमा आगोमा घ्यू थपेका छन् मेटमणि चौधरीजिले । एक त नेपालको सरकार नै भारतीयले चलाएको छ र त्यही भाषा बोलेका होलान् नेपालको सरकारको वास्ता नै नभईको भारत सरकारले किन पत्याओस् नेपालका राजनेतालाई यस्तो बोल्न कसले लगायो होला ?
नेपालको न्यायालयको अवस्था, नेपालको सुरक्षा क्षेत्रकोको अवस्था, नेपालको स्वास्थ्य क्षेत्रको अवस्था नेपालको शिक्षा क्षेत्रको अवस्था र नेपालको राजनीति दलको अकर मण्डियता र जबरजस्तको मुढेबलको भरमा जस्को अध्ययन नभएको विषयको जिम्मेवारी बोकाउँदा नेपालमा भइरहेको बिउरो क्रेशीको अवस्था र व्यवहारको कारण र राजनीतिको अन्दाधुन्दा व्यवहारको कारण आज विश्वसामु नेपालको न्याय क्षेत्र र सुरक्षा क्षेत्रलगायतका सार्वजनिक महत्वको बारेमा नेपाल अन्तर्राष्ट्रिय सामु निरिह छ ।
यसैको अवसर छोपी भारतीय सरकारले नेपालको कालापानी र लिपुलेख, लिम्पीया धुराको क्षेत्र आजदेखि होइन विगतदेखि नै आफ्नो हैकम जमाउँदै आएको थियो । आजको समयमा झनै नेपाल सरकारलाई कत्ति पनि नपत्यार नेपालको भूमि अरु पूर्व सर्दै कब्जा गर्ने नियतले आफ्नो नक्साभित्र पारिसकेको अवस्थामा अब पनि नेपाल सरकार हिजैको आनीबानी, हिजैको भारतीयसँगको लम्पसारवादी सोच गरिरहने हो भने अब भारतले सिधै नेपाली भूमिमा आफ्नो झण्डा गाड्ने छ तर अझ पनि नेपालका नेताले उही लम्पसारवादी सोचका साथ भारतीयको पक्षमा अझै खुलेर लिम्पीया धुरा र लिपुलेख कनलापानी भारत कै हो भन्दै हिन्ने मानीयको हैसियत के छ त ?
नेपाली नेताको चरित्रको पहिचान उसले पाइसकेको कारण दिन प्रतिदिन नेपालप्रति भारतले गर्दै आएको हेपाहा प्रवृित्तको विकास हुँदै आएको छ, किनभने नेपालका राजनेता खाली आफ्नो कर्चिको लागि मात्र आ–आफ्नो पार्टी–पार्टीबिचको द्वन्द्व सिर्जना गरी आ–आफै मारामार काटाकाट गरेको र सरकारमा पुगेको हाम्रै देशको इतिहास भारतले बुझिसकेको काराण नेपाली एक हुन सक्दैनन् यही मौकामा आफ्नो स्वार्थ पूरा गर्नुपर्छ भन्नेमा उसको उद्देश्य रहेका कहिले हो नेपाल सरकारले विश्व सामु विश्वलाई विश्वस्त पार्न सक्ने आफ्नो देशका नागरिक मात्र नभएर नेपालमा आउने अन्य देशका नागरिकले समेत हामी अब नेपालमा सुरक्षित छौँ मन्ने आधार तयार पर्ने ?
नेपालमा अब के हुँदै छ किन न्यायलयको अधिकार खोसिँदै छ ? किन सुरक्षा निकायको जिम्मेवारी बोकेको डिउटिमा खटिएका पक्षलाई, आफ्नो सङरुगठनको नीति र विधिबाट आफ्नै हैसियत लिएर विवेक प्रयोग गर्दा स्वयम् नेपालका नेता नै तगारो बनेका छन् ? प्रहरी सामु सावित बयान दिएको अभियुक्तलाई किन मुद्दा चलाउन दिइँदैन र उल्टो प्रहरीले कारबाही गरेन भन्ने आम नागरिकको सामु खाली प्रहरीको मात्र कमजोरी देखाइन्छ ?
विश्वले शान्ति सुरक्षा र अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरीलाई आफ्नै देशको व्यवस्थाले किन कमजोर बनाइँदै छ ? यस्ता प्रश्नको उत्तरकोसँग माग्ने नेपाली नागरिकले नेपालको बिउरोक्रेसी, सुरक्षा निकाय, न्यालय सबैलाई अपाङ्गो बनाएको अवस्थामा अब किन पत्याओस् भारत सरकारले र किन नमिचोस् नेपालको भूमि ? सिमानामा खटाएका सुरक्षा निकायको अधिकार खोसेर सांसद सदस्यको हातमा पारिएको छ यही परिणमा आजको भारतको हेपाहा प्रवृत्ति हाबी हुन्ुको कारण ।
नेपालको न्याय क्षेत्र र सुरक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र स्वतन्त्र रुपमा आ–आफ्नो जिम्मेवारी पाएका बिउरोक्रेसीलाई स्वतन्त्र रुपमा कार्यसञ्चालन गर्न दिउ गलत गर्ने कर्मचारी वा जिम्मेवारी पक्षलाई सिधै सेवाबाट बर्खास्त गर्ने नियमको पालना गारौ सबै मेरै हातमा लिन्छु भन्ने भावना नेपाल सरकारका राज्य सञ्चालक राजनेताले आज सर्वाेच्च अदालतको प्रधान न्याधिसको अधिकार, प्रहरी प्रमुखको अधिकार, स्वास्थ्य प्रमुखको अधिकार, शिक्षा प्रमुखको अधिकार, कृषि प्रमुखको अधिकार र अन्य सार्वजनिक सुरक्षाको सबै अधिकार सरकारका प्रधानमन्त्रीले कब्जा गरेको परिणाम आज निर्मला पन्तको हत्या ।
अहिले हुँदै आएको श्रृंखलाबद्ध सहकारी ठगको र भुटानी शरणार्थी बनाएर अकुत धन कुम्याउने नेताको बारेमा कोही नबोल्नु कयौ अपराधै होइन र सुनकाण्ड जस्ता धेरै जघन्य अपराध स्वयम् सरकारकै कारण बन्धकमा पारिँदै आएको छ किनभने सुरक्षाको जिम्मेवारीमा बसेको सुरक्षा क्षेत्रले बोक्ने हतियार । उसको हातको लाठी उसले पालना गर्नु पर्ने नीति र उसको हैसियत सबै खोसिएको छ ।
दात निकाली दिएको सापले टोक्न सक्दैन खुट्टा भाचिदिएको मृग दगुर्न सक्दैन नेत्रहिन, अधिकार हिन बनाएको अवस्था छ । सुरक्षाकर्मीलाई कसरी कसको आधारमा भोलिको काम कारबाहीको तालिका तयार पर्ने हो आफ्नो सिद्धान्त लागु गर्न नसकेको आरोप आफ्नै सहकर्मीले भोग्दै आएका छन् भने नेतृत्वले आलोचना खेप्न बाध्य छन् ।
नेपालमा हुँदै आएको कानुनी व्यवस्थाको बारेमा अन्तर्राष्ट्रिय अदालतको धारणा बाहिरिएको नेपालका कानुन विद न्यामुर्ति भनिने किन मौन रहन बाध्य छन् ? किन प्रश्न उठाउन सकेका छैनन् ? त्यो हो निमक खाएपछि निमकको सोझो हुनै पर्दछ, त्यो हो आफ्नै बल बुताबाट आ–आफ्नो विभागको प्रशासन क्षेत्रबाट दक्षता हासिल गरेर सम्बन्धित क्षेत्रको जिम्मेवारीमा पुगेका छन् भने दक्षता र कार्य कुसलतामा सफल हुन्छन् र सबै पक्षमा जानकार हुन्छन् तर आज सबै नेताको झोले सबै विभागमा यस्तै रोग पसेको छ ।
न्यायाधिसले पार्टीको झण्डामुनी बसेर कस्तो न्याय दिन्छन् ? सुरक्षा प्रमुख त्यस्तै राजनीति भक्त हुँदा कस्तो र कसको मन जित्लान् र सुरक्षामा सफलता हासिल गर्ला र आम जनमानसको विस्वास लिन सक्ला ? आजको नेपालको समसामायिक बिषय वस्तुको तुलना गर्नुपर्दा नेपालको आफ्नो धरातलाई स्वयम् हामी नेपालीले छाडेको परिणाम नेपालको संस्कार संस्कृति, धार्मिक, शैक्षिक, आर्थिक, हाम्रो रितिरिवाज, खानपान, फेसन सबै पक्षमा धावा बोल्दै छ ।
पश्चिमाले यी सबैमा असफल बनाउने यहाँको युवा जनशक्ति सबेै नेपालबाट विदेशीन बाध्य पारेर नेपालमा खाली आफ्नो अधिकार स्थापित गराउने उद्देश्य लिएको छ भने छिमेकी भनाउँदाले नेपालको सिमाना क्षेत्रमा आफूले कब्जा गर्ने निहेत दैनिक रुपमा आफ्नो निरन्तरता दिँदै आएको छ । नेपालमा भारतले गर्दा सिमानाको अवस्था कहाली लाग्दो छ ।
सिमानामा बसोबास गर्ने नेपाली नागरिक आफै सीमा स्तम्भ भएर खडा हुँदाको परिणाम भारतीय सरकारको सुरक्षा फौजको गोली खाने र सिमाबिद् बोलेकोमा आफ्नो ज्यानको बलिदान दिएका छन् । तापनि आफ्नो नागरिक आफ्नो देशको भूमि अर्काले कब्जा गर्दा त्यसको विरुद्धमा बोल्ने नागरिकको नेपाल सरकारले कस्तो मूल्याङ्कन गर्नु पर्ने हो । उसैलाई पत्तो नै छैन किन कृपया नेपालका राजनेता ज्युहरुले बोल्ने बेला खाली भाउ बोले यस्तो भाषा नबोलौ नेपाल राष्ट्रको र नेपाली जनताको कदर हुने खालको भाषा बोलौँ ।