Goraksha

National Daily

हिरा डाँगी फाउन्डेसन ए बन्यो च्याम्पियन

लक्ष्मण बस्नेत
तुलसीपुर,२७ भदौ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर थन्डर लिग फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।

थन्डर यति फुटबल क्लब तुलसीपुर–६ को आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा सञ्चालित लिग फुटबलमा १५ अंकका साथ शीर्ष स्थानमा रहेको हिरा डाँगी फाउन्डेसन ए लिग च्याम्पियन बनेको हो ।

उसले नगद १० हजार, कप, मेडल जितेको छ । सो अवसरमा लिग अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ वेष्ट प्लेयर थन्डर यति फुटबल क्लबका सिर्जन श्रेष्ठ, वेष्ट डिफेन्डर थन्डर यतिका अर्जुन मास्के मगर, वेष्ट मिडफिल्डर थन्डर यतिका धर्मबहादुर नेपाली, वेष्ट किप्पर थन्डरका समीप चौधरी, वेष्ट स्कोरर हिरा डाँगी फाउन्डेसनका प्रशान्त चौधरी र वेष्ट फरवार्ड हिरा डाँगी फाउन्डेसनका नितेश योगीलाई ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरिएको लिग प्रतियोगिताका संयोजक विशालनाथ योगीले जानकारी दिनुभयो ।

फुटबल खेलको विकाससँगै खेलाडी भित्र लुकेर बसेको क्षमताको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा थन्डर यति फुटबल क्लबका चार र हिरा डाँगी फाउन्डेसनका तीन टिमको सहभागिता रहेको थियो । लिग फुटबल भदौ १० गतेदेखि सञ्चालन भएको थियो । यसैबीच सोही अवसरमा हिरा डाँगी फाउन्डेसन र थन्डर यति फुटबल क्लबबीच भएको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा थन्डर यति शुन्यका विरुद्ध ३ गोलले बिजयी भएको थियो ।