नेपाल जडीबुटी उत्पादक संघको बैठक सम्पन्न

दाङ,१० भदौ । नेपाल जडीबुटी उत्पादक संघको प्रथम बैठक सम्पन्न भएको छ । नेपाल जडीबुटी उत्पादक संघका संयोजक सुमन तिवारीको अध्यक्षता तथा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थीत पार्टी कार्यालयमा बैठक बसेको थियो ।

बैठकले हिमाल,पहाड र तराई क्षेत्रमा पाइने अमृततुल्य औषधीजन्य जडीबुटीलाई संरक्षण, सम्र्वधन र सदुपयोग गर्नका लागि सम्वन्धी निकायलाई जानकारी गराउने, जडीबुटीको महत्वका बारेमा प्रचारप्रसारका माध्यमबाट जानकारी गराउने र संगठन विस्तार गर्ने निर्णय गरेको हो । अहिले जडीबुटीको आयात तथा निर्यात गर्दा कानुनी अडचन रहेकाले उत्पादन गर्ने किसान तथा जडीबुटी व्यवसायीको सहजताका लागि सहजीकरण गर्ने निर्णय भएको छ ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा जुडीबुटी विज्ञ डा. सञ्जय मिश्र, नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरु आदर्शविक्रम कार्की, जडिबुटी उत्पादक संघका केन्द्रीय सदस्य गणेश थापा, श्रीराम दहित, रेखा केसी, धनबहादुर थापालगायतले धारणा राखेका थिए ।

जडिबुटी उत्पादक संघका केन्द्रीय सदस्य तिलक न्यौपानेको स्वागत मन्तव्यवाट सुरु भएको बैठकको सहजीकरण किसान महासंघका केन्द्रीय सदस्य बिष्णु अधिकारीले गरेका थिए ।