नेपाली कांग्रेस घोराही– १८ द्वारा तीज मिलन कार्यक्रम

गोरक्ष समाचारदाता
घोराही, ७ भदौ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१८ ले हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा शुक्रवार तीज मिलन कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१८ का सभापति केशरबहादुर रावतको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तीजलाई दिदीबहिनीको भेट गराउने पर्वका रुपमा लिदै आफ्ना सुखदुख र भावना साटासाट गर्ने अवसरका रूपमा लिनुपर्नै बताएका थिए ।

सहभागीले तीज पर्बलाई सरल र सहज रुपमा समाजलाई स्वीकार्य हुने गरि मनाउन भन्दै अरुको देखासिकीमा लागेर आफ्नो पर्वको मौलिकतालाई बिर्गान नहुने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं पूर्व स्वास्थ्यमन्त्री समेत रहेका राजु खनालले तीजको मौलिकलाई बचाउँदै पर्वलाई मनाउनुपर्ने बताए ।

चाडपर्वका समयमा हुने विभिन्न गतिविधिहरुले नेतादेखि कार्यकर्ताहरुलाई जोड्ने गरेको भन्दै यस्ता कार्यक्रमले पार्टीलाई एकतावद्ध र एक ढिका हुन सहयोग पुग्ने बताएका थिए । साथैले चाडपर्वका नाममा हुने विकृतीलाई रोक्नका लागि महिलासँगै पुरुषहरुले ध्यान दिनुपर्ने बताएका थिए । उनले चाड पर्वका अवसरमा बर्त बस्ने महिलाहरुले आफ्नो स्वास्थ्यमा समेत ध्यानदिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य पुष्पा श्रेष्ठ, जानका केसी, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, महाधिबेशन प्रतिनिधि बद्री खड्का,महिला संघ दाङकी निरजा

पोख्रेललगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१८ का उपसभापति मङल घर्तीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव ध्रुब पौडेलले गरेका थिए ।