स्थापना दिवसमा खाद्यान्न सहयोग

घोराही, २ भदौ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई दाङले स्थापना दिवसका अवसरमा खाद्यान्न सहयोग गरेको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले १९ औं स्थापना दिवसका अवसरमा आइतवार घोराही उपमहानगरपालिका वडा नं. ७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुललाई चामल,तेललगायतको खाद्यान्न सामग्री सहयोग गरेको हो ।

उक्त सामाग्री प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाईका अध्यक्ष शंकर धिताल, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य राजेन्द्र रेग्मी, प्रजातन्त्रवादी प्राध्यापक संघका जिल्ला अध्यक्ष दिनेश भट्राईले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए ।

उत्तरवाहिनी गुरुकुलका प्रकाश भट्राईले सहयोग सामाग्री ग्रहण गर्दै सहयोग गर्नेलाई धन्यावाद ज्ञापन गरेका थिए । गुरुकुलमा बटुकहरु बसेर अध्ययन गर्दै आएका छन् ।