घोराही, १ भदौ । अधिकारी समाज क्षेत्रीय समिति दाङ गठन गरिएको छ । कश्यप गोत्रीय अधिकारीहरुको शनिवार घोराहीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले अधिकारी समाजको क्षेत्रीय समिति गठन गरेको हो।
प्युठान जिल्ला उदयपुरकोटमा अधिकारी राज्य सञ्चालन गरेका राजा जसुधरका सन्तानका रुपमा रहेका अधिकारीहरुको शनिवार घोराहीमा भेला भएको थियो । नारायणप्रसाद अधिकारीको अध्यक्षता तथा रमेशकुमार अधिकारीको प्रमुख अतिथ्यतामा भेला भएको हो।
भेलाले नरबहादुर अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पदमप्रसाद अधिकारी, सचिवमा यमप्रसाद अधिकारी, कोषाध्यक्षमा झग्गुप्रसाद अधिकारी, सहसचिवमा हेमराज अधिकारी चयन भएका छन् ।
त्यसैगरी भेलाले यही भदौ १० गते जिल्ला अधिवेशनलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। साथै जिल्ला अधिवेशनका लागी भोला अधिकारी, विमल अधिकारी, हेमराज अधिकारी, महेन्द्र अधिकारी, मदनकुमार अधिकारी, कमल अधिकारी, बालचन्द्र अधिकारी, शम्भु अधिकारी, सन्तोष अधिकारी, लुमेश्वर अधिकारी, विप्लव अधिकारीलाई प्रतिनिधिका रुपमा छनोट गरेको छ। भेलाको सहजीकरण विमल अधिकारीले गरेका थिए ।