Goraksha

National Daily

विकासको आधार, अहरणीय अधिकारमा जोड हुन[अन्तर्वार्ता]

मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रवर्धन र दण्डहीनता अन्त्यका लागि आवाज उठाउँदै आएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले पनि जिल्लामा विभिन्न मानव अधिकार, लोकतन्त्र शान्ति र अहिंसाका साथै विभिन्न काम समाजमा गर्दै आएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २७औँ साधारणसभाबाट नयाँ नेतृत्व सर्वसहमतिबाट केही दिन अगाडि २ वर्षका लागि चयन भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङका नवनिर्वाचित सभापति कोमल डाँगीसँग मानव अधिकार शान्ति समाजको भावि कार्यक्रम तथा मानवअधिकार सम्बन्धी गोरक्षकर्मी बालाराम खड्काले गएको संक्षप्त कुराकानी ।

 स्वागत छ तपाईलाई गोरक्ष सातावार्तामा ?

 धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई मेरा कुराहरू राख्न दिएकोमा ।

 मानव अधिकार तथा शान्ति समाजको सर्वसम्मतिबाट सभापति पदको जिम्मेवारी पाउनु भएको छ, कस्तो अनुभूति गर्नुभएको छ ?

 निकै खसी, हर्षित र जिम्मेवारीबोध भएको महसुस गरेको छु । मानव अधिकार, लोकतन्त्र, शान्ति, अहिंसा तथा सद्भाव र सहिष्णुता शान्ति समाजको मूल मान्यता हुन् । विशुद्व स्वमसेवी संस्था भएकाले हाम्रा कार्यक्रम र अभियानका लागिको खर्चको स्रोत हामी र हाम्रा शुभेच्छुक नै हुन् । शान्ति समाजको मूल मान्यता समय अभियान हो ठिक समयमा सुरु गर्ने र तोकियाकै समयमै कार्यक्रम समापन गर्ने नीतिलाई अवलम्बन गर्नु थासु परिवेश र सहभागीताको आधारमा केही चुनौती पनि हामी सामु छन् ।

 मानव अधिकार तथा शान्ति समाजले जिल्लामा के–के काम गरिरहेको छ ?

 शान्ति समाज अभियानामुखी संस्था हो, मानव अधिकारको संरक्षण र प्रवर्धन गर्दै आएका छौँ । हिमालय बचाउ नदी जोगाउ, दुव्र्यसनविरुद्व सचेतना, प्राविधिक शिक्षा र गुणस्तरीय सेवा, सुशासन प्रवर्दधनका लागि अभियान गर्दै आएका छाँै । भ्रष्टाचारविरुद्वको अभियान हाम्रो प्राथमिकतामा छ र गर्दै आएका छाँै । तिनै तहका सरकारलाई खबरदारी गर्ने र जिम्मेवार बनाउने कार्यक्रम पनि गर्दै आएका छौँ । राष्ट्रिय परिषद बैठक हाम्रो यो संस्थाको सर्वोच्च निकाय हो ।

राष्ट्रिय परिषद बैठकले तय गरेका दुईदर्जन बढी कार्यक्रम छन् ती कार्यक्रमलाई पनि वार्षिक क्यालेण्डमा सम्पन्न गर्ने गरेका छाँै । यस पटक हामीले विकासको अधिकार, अहरिणय अधिकारलाई अभियानका रुपमा अगाडि बढाएका छाँै । हामीहरूले विभिन्न क्षेत्रमा मानव अधिकारसम्बन्धी विभिन्न अभियानलाई निरन्तर सञ्चालन गरेका छौँ । यो केन्द्रदेखि जिल्लासम्म हामीहरूले कार्यक्रम गर्ने गरेका छाँै । हुलाकी मार्ग निर्माणको तिव्रताका लागि अभियान पनि सुरु गरेका छौँ ।

मानव भएका नाताले पाउनु पर्ने अधिकारलाई मानव अधिकार भनिन्छ । जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनीतिक वा अन्य विचारधारा आदिका आधारमा विना भेदभाव स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार र कानुनी शासनले प्रत्याभूत गरेका सबै विषय मानव अघिकारभित्र जोडिएको हुन्छ । शान्ति, अहिंसा र लोकतन्त्र यसको प्राण हो । हामीहरूले विभिन्न समयमा मानव अधिकारको हनन हुन नदिन तथा समाजमा सुशासन शान्ति स्थापना गर्न विभिन्न अभियान पनि सञ्चालन गरेका छौँ र अब पनि गर्ने छौँ ।

 तपाई सभापति भएपछि अब भावि योजना के–के छन् ?

 दुई वर्ष मेरो कार्यकाल भएकाले पहिलो प्राथमिकता विकासको आधार, अहरणीय अधिकारमा नै जोडिने छौँ । विकासबाट बन्चितीकरणमा परेका वर्ग र समुदायमा केन्द्रित हुने छौँ । त्यस बाहेक सार्वजनिक चासोको सवाल हाम्रो प्राथमिकतामा हुने छ । शान्ति प्रवर्धंन र मानव अधिकारको संरक्षण नै हाम्रो प्राथमिकतामा छ ।

 अहिले मानव अधिकारको अवस्था कस्तो छ ?

 विगतको अवस्था र अहिलेको समयलाई अध्ययन र विश्लेषण गर्दा राजनीतिक अधिकार सुखद् नै देखिन्छ । तर, संविधानको मर्म र भावना कार्यान्वन नहुँदा मानव अधिकारको सुनिश्चिताको दबाब अझै आवश्यक देख्छु । द्वन्द्वरत पक्ष नभए पनि हिंसाका घटनामा कमी छैन । गुनस्तरीय स्वास्थ्य सेवा र शिक्षामा सबैको पहँुच अझै हुन सकेको छैन । सामाजिक न्यायको अवस्था पनि उस्तै देखिन्छ ।

 तपाईको विचारमा मानव अधिकार उलङ्घन कुन पक्षबाट बढी हुने गरेको छ ?

 मानव अधिकारको उलङ्घन हुने भनेको राज्यबाट नै हो । द्वन्द्वकालमा व्यापक रुपमा राज्यबाट उलङ्घन हुने गरेको थियो भन ज्याजति विद्रोही पक्षबाट हुने गर्छ । त्यो अवस्था पनि अनुभूति भएकै हो । अपराधका घटना हुने भनेको व्यक्ति र समुदायबाट हुने गर्छ त्यसकारण राज्यले मानव अधिकारको उलङ्घन गर्छ भनेरै हामीहरूले खबरदारी गर्दै आएका छौँ ।

 अन्तमा केही भन्नु छ ?

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज नेपाले एक स्वयंसेवी संस्था हो । जगतमुखी, जीवनमुखी, सेवामुखी अभियानमा समर्पित शान्ति समाजले स्थापना कालदेखि नै आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, युद्ध निषेधः शान्ति विशेष अभियान, जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान सञ्चालन गर्दै आएको छ । हाम्रा यी अभियानलाई एकसाथ अगाडि बढाउन तपाईहरू जस्ता जिम्मेवार सञ्चारजगतको ठुलो सहयोग र साथ रहने छ ।