साउथकोरियन दम्पतीद्वारा ३ लाख बरावरको खेलकुद सामग्री वितरण
तुलसीपुर, २८ बैशाख । हिराडाँगी फाउण्डेसनमा प्रशिक्षण गरि रहेका खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरिएको छ । तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि साउथकोरियन एक दम्पतीले फुटवल खेलाडीहरुलाई खेलकुदसामग्री हस्तान्तरण गरेका हुन् ।
साउथकोरीया निवासी कुवोनयेङ जियो र किम येन नाले फुटवल किट, खेलाडीहरुलाई पोशाक र बल लगायतका करिव ३ लाख बराबरको सामग्रीहरु फुटवल खेलाडीहरुलाई उपलव्ध गराएका हुन् । हिराडाँगी फाउन्डेसनका प्रशिक्षक प्रितिबहादुर गिरी (प्रेस)को समन्वयमा उनीहरु नेपाल आयर खेलाडीहरुको हौसला बढाउन खेलसामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कोरिया निवासी कुवोन येङ जियोले आफ्नो छोरापनि फुटवल खेलाडी भएको भन्दै नेपालमा पनि दक्षखेलाडीहरु उत्पादन भई उनीहरुले देश विदेशमा व्यवसायीक खेलुन भन्ने उदेश्यले आफुले सहयोग गरेको बताए । त्यस्तै हिराडाँगी फाउन्डेसनका प्रशिक्षक प्रेसले सो जोडिले खेलकुद क्षेत्रको विकासका लागि पहिलो पटक नेपालमा खेलकुद सामग्रीहरु सहयोग गर्न यहाँ आएको बताए । उनले आफु साउथकोरीया बस्दा उनीसंग परिचय भएको र सोहि आधारमा नेपालमा आयर सहयोग गरेको बताए । सो जोडिले एक जना बालकलाई निःशुल्क ज्ञानज्योति स्कुलमा पढाएको समेत बताए ।
त्यस्तै आगामी दिनमा पनि थप सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्तगरेका थिए । हिराडाँगी फाउन्डेसनमा आवद्ध अन्य ८ जना जेहेन्दार बालबालिकाहरुलाई ज्ञानज्योतिले पढाई रहेको उनले गिरीले बताए । कार्यक्रमको सहजीकरण दाङ जिल्ला फुटवल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।