तुलसीपुर, ९ बैशाख । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन सवै लाग्नु पर्ने बताए छन् । व्यक्ति भन्दा संस्था ठुलो भएको भन्दै पाटि कम्जोर भयो भने सवै कम्जोर हुने धारणा व्यक्तगरे ।
नेपाली काँग्रेस तुलसीपुर –५ को आयोजनामा तुलसीपुरको शान्ति उद्यानमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले विगतका कमिकम्जोरीहरुलाई सच्याउदै सवै अगाडी बढनु पर्ने बताएका थिए । वडा इकाई सभापति नवीन बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहन्द्र गिरीको प्रमुख आतिथ्य तथा लुम्विनी प्रदेश सभा सदस्य लोका विकको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले काँग्रेस डुव्यो भने सवै नेता कार्यकर्ता डुव्ने भन्दै संगठन लाई कम्जोर बनाउने खेलमा नलदाग्न आग्रह गरे ।
‘यो वा त्यो नाममा संगठनलाई कम्जोर गराउन तर्फ नलाग्नुहोस मिलर संगठित भएर संगठन बलियो बनाउन सवै लाग्नु होस – केन्द्रिय सदस्य गिरीले भने ।’ उनले अरुलाइको टिकाटिप्नी गर्नु भन्दा पहिले आफुहरु सचिनु पर्ने बताए । ‘दुई गिरी मिल्नु पर्छ भन्ने आफुहरु पार्टीलाई यो वा त्यो नाममा कम्जोर बनाउने खेल सवैले बन्द गर्नुपर्छ –गिरीले भने ।’ उनले पाटीमा केहि समस्या नभएको भन्दै व्यक्तिबादि चरित्रमा समस्या भएको बताए । उनले मिसन ८४ मा भन्दै हिडर्ने तर विभिन्न नाममा आफुहरु आपसमा विभक्त हुने कार्य नगर्न आग्रह गरे ।
‘ निर्वाचन आफ्नो पक्षमा ल्याउन एकता हुनुपर्छ पछि १५ औं महाधिवेसनमा जो जहाँ जम्मला जाम्ला तर काँग्रेसलाई बलियो बनाउन अहिले लाग्नुहोस उनले भने ।’ गिरीले काँग्रेस खतम भयो बर्वात भयो भन्दै हिडर्नु भन्दा अरुले गरेका कमिकम्जोरीहरु जनता माझ लैजानु पर्ने बताए । ‘हामीहरु तेह थोत्रा कुरामा लागि रहेका छौं, काँग्रेसका कार्यकर्ता सत्यतथ्यमा लाग्नुपर्छ उनले भने ।’ उनले गल्ती गर्नेलाई कारवाहि हुनुपर्ने बताए । ‘प्रमाण छ पाटीमा अनुसान वेगर काम गरेको छ भने कारवाहि हुनुपर्छ मैले कारवाहि गर्नु हुन भन्दैन तर विना आधार अर्कोलाई कारवाहिका कुरा गर्नु गलत हो –उनले भने ।’
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि लिम्वनी प्रदेश सभा सदस्य लोका विकले काँग्रेसलाई बलियो बनाउन सवै एक हुनुपर्ने बताइन् । ‘काँग्रेस यो देशको एउटा गौरव बोेकेको पाटीहो यसलाई पहिलो पाटी बनाउन सवै आफ्नो क्षेत्रबाट लाग्नु पर्छ उनले भनिन् । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सदस्य मदन धितालले पाटिलाई बलियो बनाउन र एकता आवश्यक रहेका बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतमले काँग्रेस संग थुपरै एजेष्डाहरु भएको भन्दै जनता माझ एजेष्डा लियर जानुपर्ने बताए ।
‘काँग्रेस यो देशको लोकतान्त्रिक पुरानो पाटीहो काँग्रेसका धेरै एजेष्डा छन त्यसलाई जनता माझ लैजानु पर्छ उनले भने ।’ गौतमले यो वा त्यो बहानामा संगठन कम्जोर गराउन नहुने बताए । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव बालिका लम्साल, काँग्रेसका नेता महादेव शाह, क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का, तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ती, महाधिवेसन प्रतिनिधि सुष्मा गिरी, जोगेन्द्र विश्वकर्मा, नेत्र वलीलगायतले काँग्रेसलाई कम्जोर बनाउन विभिन्न खेल भएको भन्दै अव एकतावद्ध भएर संगठन बनाउन लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका जिल्ला सदस्य घनश्याम भण्डारी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य रवि बुढाथोकी, नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सचिव टेकबहादुर वली, सहसचिव सुरेन्द्रबहादुर खड्का, नेपाली काँग्रेस घोराही नगरका सभापति तिलक रावत, नेपाली काँग्रेस प्रदेश ३ कका सचिव किरण केसी, प्रदेश २ खका सदस्य सरस्ता घिमीरे, पूर्व वडाध्यक्ष पर्शु चौधरी, तुलसीपुर –५ का वडाध्यक्ष विरेन्द्र शाह, विपी समाज दाङका सभापति रुपलाल वस्नेत, दंगिशरण गाउँपालिका वडा नं. ५ का सभापति विश्वमणि देवकोटा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसी, किसान संघका जिल्ला अध्यक्ष चन्द्रप्रकास चौधरीलगायतले बोलेका थिए । नेपाली काँग्रेस वडा नं. ५ इकाईका उपसभापति शिशिर लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस प्रदेश २ ख का सचिव प्रल्हाद देवकोटाले गरेका थिए ।