तरुण काँग्रेसको महत्वपूर्ण खम्वा : केन्द्रिय सदस्य गिरी

तुलसीपुर, ५ बैशाख । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले काँग्रेसको महत्वपूर्ण खम्वा भनेकै तरुण भएको बताएका छन ।
नेपाल तरुण दलमा मानोनीत केन्द्रिय सदस्य तथा जिल्लाका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गिरीले पार्टीलाई बलियो चलायमान सबल, सुढृढ बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ‘पार्टी लाई चलायमान बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ, भोलिको पाटी हाक्ने नेताहरु तपाईहरु हो उनले भने ।’
गिरीले तरुण युवा, महिला, विद्यार्थीलगायत विभिन्न भातृसंघ संगठनलाई बजबुद गराउदै पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सवै लाग्न आग्रह गरे । ‘हामीहरुले अव धेरै समय सम्म राजनितिमा सक्रीय हुने अवस्था छैन् यसको विरासत धाने नेतृत्व निर्माण हुन र गर्न अव आवश्यक छ –गिरीले भने ।’ उनले पछिल्लो समयमा विभिन्न वहानामा काँग्रेसलाई एकल्याउने खेल भएको भन्दै त्यसका विरुद्ध र गतल कार्यको भण्डाफोर गर्न लाग्न तरुणहरुलाई आग्रह गरे ।‘
अन्य पार्टीले गरेका नराम्रो कामहरुलाई जनता माझलगेर सत्य तथ्य उजागर गर्नपनि तरुण युवा लाग्नु पर्छ आफ्नो पार्टी नेतालाई गालि मात्र गर्ने होइन उनले भने।’ त्यस्तै नेपाल तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्तीले तरुण युवाहरुको पार्टीलाई बलियो बनाउन उत्तिकै भूमिका रहेको बताए ।
उनले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए । त्यस्तै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य युवराज खड्काले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा बताए । त्यस्तै नेपाल तरुण दलका केन्द्रिय सदस्य हरिस भण्डारीले तरुण दल एक जुट भयर पार्टिलाई बलियो बनाउदै विसंगतिका विरुद्ध लाग्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य घनस्याम भण्डारी, तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, प्रजातान्त्रीक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खराल, तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज बुढाथोकी, नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि ऋषिराज लहरे ( अरुण) लगायतले बधाई ज्ञापन गरेका थिए ।
तरुण दलका केन्द्रिय सदस्य हरिस भण्डारी, नेपाल तरुण दल दाङमा रिक्त पदहरुमा विद्यान बमोजिम मनोनीत उपाध्यक्ष रन्दिप न्यौपाने, सह–सचिव गोविन्द भण्डारी, जिल्ला सदस्यहरु रोहित न्यौपाने, गोविन्द हमाल, युवराज विष्ट, बसन्त गिरी, रवि बुढाथोकी, विक्रम गुरुङ,अर्जुन बस्नेत, श्याम पुन, विशाल नेपाली, सुरज खड्का, रविन भण्डारी, शिवराज गिरी, लुमाकान्त पाण्डे, यज्ञबहादुर खड्का, विनोद गुरुङ, शिरीचन श्रेष्ठ, सिमा भट्टराई, सोगतविर चौधरी, मुक्तबहादुर जिसी रेशम नेपाली र जगराज वलीलगायतलाई सम्मान गरिएको थियो ।