बल प्रयोगप्रति काँग्रेस संसदीय दल लुम्बिनीको ध्यानाकर्षण

दाङ, २७ चैत ।राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौँमा गरेको शान्तिपूणर् जनप्रर्दशनमा राज्यको तर्फबाट भएको बल प्रयोग प्रति नेपाली काग्रेस संसदीय दल लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दलका नेपाल तथा निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन । राप्रपाको शान्तिपूणर् जनप्रदर्शनमा बल प्रयोग हुनु दुखद् भएको भन्दै प्रर्दशनमा सहभागीहरुलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भिर घाईते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

यस घटनाको घोर निन्दा र भत्सर्ना गर्दै घाईतेहरुको उपचार गर्न र पक्राउ गरिएकाहरुको बिनासर्त तत्काल रिहाईको माग गरिएको छ । जनप्रर्दशनको क्रममा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।