घोराही,२४ चैत । अम्बिकेश्वरी क्याम्पस घोराहीमा अध्ययनरत २०७९ ब्याचले २०८० ब्याचलाई स्वागत गरेका छन् ।
२०७९ ब्याचका अम्बिकेश्वरी क्याम्पस स्ववियु सचिव हिमाल वलीको सभाअध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि घोराही कारगारा प्रमुख डिएसपी पृथ्वीबहादुर बोगटी, बिशिस्ट अतिथिमा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल, सहायक क्याम्पस प्रमुख राजसिह जोरा तथा प्रशासन प्रमुख गौरव भट्ट र स्ववियु सभापति रणबहादुर खड्काको सहभागितामा कार्यक्रम भएको थियो ।
सि.ए.स आइटी तथा बिसिए तेस्रो सेमेस्टरका बिद्यार्थी मानिस भुसाल तथा आर्जु बस्नेतले स्वागत मन्तव्य दिएका थिए । प्रमुख अतिथि डिएसपी पृथ्वी बहादुर बोगटीले सम्पूर्ण बिद्यार्थीलाई मिहिनेत गर्न र नेपालमा केही गर्न सुझाव दिए ।
मन्तव्यका क्रममा स्ववियु सभापति रणबहादुर खड्काले नयाँ बिद्यार्थीलाई परिश्रम र मिहिनेत गर्न सुझाव दिए । उनले आफू सबै बिद्यार्थीको प्रतिनिधि रहेको र सधैं बिद्यार्थी हकहितमा लाग्ने बताए । कार्यक्रममा सागर रावत, कृतज्ञा न्यौपाने, समीर चौधरी, दिपेश पुनले साङ्गितिक प्रस्तुती दिएका छन ।
साथै क्याम्पस प्रमुख चन्द्र प्रकाश खनाल र कार्यक्रम संयोजक हिमाल वलीले सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रममा एलिसा ओली, झरणा अधिकारी, बोधिका पाण्डे, पृया गिरि , बुद्दी ओली, मनिस केसीलेबोलेका थिए ।कार्यक्रम संचालन प्रकाश बुढा मगर , गरिमा राणा मगर , भबिस्य लामिछाने र सपना गिरिले गरेका थिए